डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको अस्वभाविक चलखेल

जिम्बाजाङबु शेर्पालाई हटाएर अवदेश दासलाई नियुक्त गर्ने तयारी

40253
  • शिखरपोष्ट रिपोर्टर

nepal tourism board copyकाठमाडौं, २७ पुस । पर्यटनमन्त्री जितेन्द्र नारायण देवले नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्यमा आफ्नो नजिकका एक व्यक्तिलाई ल्याउन चलखेल गरेको रहस्य सार्वजनिक भएको छ । बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीन जना सदस्यको पदावधि सकिएपछि नयाँ सदस्य छनोटका लागि गठित सिफारिस समितिले पठाएको सूचिमासमेत नपरेका अवदेश दास नामक व्यक्तिलाई सदस्यमा नियुक्त गर्न पर्यटनमन्त्री देवले चलखेल गरेका हुन् ।

सिफारिस समितिले नयाँ सदस्यका लागि दीपक महत, जिम्बाजाङ्बु शेर्पा, कृष्णबहादुर महरा,मोहन लम्साल र राकेश धमलाको नाम पठाएको थियो । जसमध्ये दीपक महत, जिम्बाजाङ्बु शेर्पा र कृष्णबहादुर महरालाई सदस्यमा नियुक्त गर्ने निश्चित भएको थियो । यस सम्बन्धमा शिखरपोष्टले समाचार लेखेको थियो ।

तर, पर्यटनमन्त्री देवले रातारात छनोट समितिलाई अर्को माइन्युट बनाउन लगाएर तेस्रो नम्बरमा रहेका जिम्बाजाङबु शेर्पाको नाम काटेर अवदेश दासलाई नियुक्त गर्ने तयारी गरेका हुन् । मन्त्री देवले बुधबार ११ बजे पर्यटन मन्त्रालयमा बैठक बोलाएर नयाँ माइन्युट बनाउन लगाएको समाचार सुत्रको दावी छ । उक्त बैठकपछि मात्रै एक नम्बरमा कृष्ण बहादुर महरा २ नम्बरमा दीपक महत र तीन नम्बरमा अवदेश दासको नाम सार्वजनिक गरिएको थियो ।

दासले नेपाल पर्वतारोहण संघ (एनएमए)को एक्स्पेरियन्स लेटर बनाएको पाइएको छ । उनलाई पर्यटन क्षेत्र कसैले चिन्दैन । प्राप्त जानकारीअनुसार दासले छापाखान सञ्चालन गर्दै आएका छन् ।
दास मन्त्रीको नजिकको मान्छे भएका कारण बोर्ड सदस्यमा नियुक्त गर्न लागिएको सुत्रले बतायो । त्यत्तिमात्रै नभएर यसमा आर्थिक चलखेल पनि छ कि ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*