विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते   •   विश्वकप फुटबलको उपाधि ट्रफीसँगै ३९ मिलियन डलर   •   नारायणी र कोशीमा पानी जहाजको सम्भावना

राष्ट्रिय सभाका लागि सातवटै प्रदेशमा अधिकृत नियुक्त (सूची सहित)

40262

niकाठमाडौं,२७ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्बाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आजैबाट लागु हुने गरी आयोगले सम्बन्धित प्रदेशमा उच्च अदालत रहेको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

निर्बाचन अधिकृतको सूची:
प्रदेश नम्बर -१ मा मोरङ जिल्ला अदालतका राजुकुमार खतिवडा,
प्रदेश नम्बर -२ मा धनुषाका राधाकृष्ण उप्रेती,
प्रदेश नम्बर-३ ललितपुरका बालमुकुन्द दवाडी,
प्रदेशनम्बर -४ मा कास्कीका दीपेन्द्र अधिकारी,
प्रदेश नम्बर-५ मा दाङका हेमन्त रावल,
प्रदेश नम्बर -६ सुर्खेतका मेदिनीप्रसाद पौडेल
र प्रदेश नम्बर- ७ मा डोटीका जयानन्द पनेरु

आयोगको बुधबार बसेको बैठकले उच्च अदालत रहेको एक नम्बर प्रदेशको मोरङ, दुईको धनुषा, तीनको ललितपुर, चारको कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्ने निर्णय गरेको थियो ।

माघ ७ गतेबाट लागु हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको आयोगले माघ १० गते मनोनयन दर्ता र माघ २४ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । निर्वाचन अधिकृतको कार्यालय भने शनिबारबाट सञ्चालनमा आउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*