डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

ह्यात होटल, नागरिक लगानी कोषलगायतले लाभांस बाढ्दै

40265

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????काठमाडौं । तारागाउँ रिजेन्सी होटल (ह्यात), नागरिक लगानी कोषसँगै दुई वटा बाणिज्य बैंक, तीन वटा इन्स्योरेन्स कम्पनी, दुई वटा विकास बैंक, एक फाइनान्स कम्पनी र तीन वटा माइक्रोफाइनान्सले लाभांस वितरण गर्ने भएको छ । उनिहरुले आर्थिक बर्ष २०७३/७४ को कमाइबाट बोनस सेयर र नगद लाभांस वितरण गर्न लागेका हुन् ।

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । त्यस्तै कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।

त्यसैगरी नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । तारागाउँ रिजेन्सी होटलले ७.३६ प्रतिशत नगद लाभांस दिने बताएको छ । ओम डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १७.६९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

इन्स्योरेन्स कम्पनीमा एनएलजी इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ भने प्रिमियर इन्स्योरेन्स कम्पनीले १३.५ प्रतिशत बोनस सेयर र कर बापत लाग्ने ०.८१५ प्रतिशत नगद लाभांस दिने निर्णय संचालक समितिबाट पास गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

त्यसैगरी पोखरा फाइनान्सले ९.५० प्रतिशत बोनस सेयर र करबापत लाग्ने ०.५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

कालिका माइक्रोकेडिट डेभलपमेन्ट बैंकले २१.२१ प्रतिशत बोनस सेयर र १.११ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । कन्काई विकास बैंकले ६.१५ प्रतिशत बोनस सेयर र ०.३२ प्रतिशत नगद लाभांस दिने संचालक समितिले निर्णय गरेको छ ।

मिर्मिरे माइक्रोफाइनान्सले ३०.८ प्रतिशत बोनस सेयर दिने प्रस्ताबगर्दा समिट माइक्रोफाइनान्सले ३४.४८ प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*