सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

सगरमाथा चढ्न लागेकी संचारकर्मी डोमा शेर्पालाई जापानबाट आर्थिक सहयोग

  • शिखरपोष्ट डेक्स 

26230203_1649457171759960_7077224903888443010_nकाठमाडौँ । सगरमाथा आरोहण गर्ने तयारीमा जुटिरहेकी संचारकर्मी डोमा शेर्पालाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । सहयोग गर्नेमा जापान शेर्पा संघका पुर्व अध्यक्ष ङवाङ शेरे शेर्पा, अध्यक्ष लाक्पा गेलु शेर्पा, उपाध्यक्ष, केबी शेर्पा, आरोही जापान शेर्पा संघका सदस्य कर्मा जि शेर्पा, एन आर एन जापान सेन्दाइका सहसचिव छिरीङ शेर्पा रहेका छन् ।

डोमाको ‘पहिलो शेर्पा महिला पत्रकार सगरमाथा आरोहण २०१८’ अभियानलाई सफल पार्न उनीहरुले एक लाख ९० हजार रुपैया सहयोग गरेका हुन् ।

महिला शसक्तिकरण, पत्रकारीता क्षेत्रमा महिलाहरुलाई अग्रसर गराउनुका साथै नेपालको पर्यटन क्षेत्रलाई संचार माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियसम्म पुर्‍याउने उद्देश्यका साथ डोमा सगरमाथा आरोहणको तयारीमा जुटिरहेकी छिन् ।
शेर्पाले गत मसिंर २५ गते सगरमाथा आरोहण अभियानका लागि आइसल्याण्ड पिक (६१९८ मि) सफलताका साथ आरोहण गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*