सांसद दीपक मनाङ्गेलाई पक्राउ   •   २५ मेगावाटको काबेली बी-१ बाट वैशाखमै विजुली उत्पादन हुने   •   मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारवाही   •   सरकारले लगानी गरेका १०८ संस्थानमध्ये ९८ कम्पनीले दिएनन् लाभांश   •   स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु   •   चीनसँग भयो यस्तो सहमति

राष्ट्र बैंकले स्वीकृत गर्यो एनसेलको आठ अर्ब लाभांश फिर्ता

ncellकाठमाडौं । नेपाल राष्ट्र बैंकले दूरसञ्चार सेवा प्रदायक एनसेलले प्रस्ताव गरेको आठ अर्ब रुपैयाँ लाभांश फिर्ता प्रस्ताव स्वीकृत गरेको छ । कर चुक्ता विवादका कारण रोकिएको आर्थिक वर्ष २०७२/७३ को लाभांश सर्वोच्च अदालतको गत पुस ९ को फैसलापछि बाहिरिन लागेको हो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बुधबार आठ अर्ब रुपैँया लाभांश फिर्ता लैजाने एनसेलको प्रस्ताव स्वीकृत गरी गभर्नरकहाँ अन्तिम स्वीकृतिको लागि पठाएका छन् ।

राष्ट्र बैंकको स्वीकृतिपछि एनसेलको स्वामित्वकर्ता एक्जियाटाले लाभांशमा लाग्ने ५ प्रतिशत रोयल्टी चुक्ता गरी ७ अर्ब ६० करोड रुपैँया बराबरको विदेशी मुद्रा फिर्ता लैजानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*