होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

यूवा पर्यटन व्यवसायी सापकोटा जर्मनीको फ्र्याङफर्टमा सम्मानित हुँदै

40298
  • शिखरपोष्ट रिपोर्टर

ram sapkotaकाठमाडौं, २ माघ । यूवा पर्यटन व्यवसायी तथा हिमालयन सोसियल जर्नी ट्रेक्सका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटालाई जर्मनीको फ्रयाङफर्टमा अन्तर्राष्ट्रिय सम्मान गरिने भएको छ । पदयात्रा तथा पर्वतीय पर्यटन प्रवद्र्धनसँगै विभिन्न माध्यमबाट समाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विजनेस इनिटिएटिभ डाइरेक्सन्स् (बीआइडी) नामक संस्थाले सो सम्मान प्रदान गर्न लागेको हो ।

यही १७ र १८ मार्च २०१८ मा हुन गइरहेको कार्यक्रमबीच सो सम्मान प्रदान गरिने छ । १ सय ७० देशका प्रतिनिधिहरु माझ सो सम्मान प्रदान गर्न लागिएको उक्त संस्थाकी डाइरेक्टर हेलेना हिडाल्गोले जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का पूर्व उपाध्यक्षसमेत रहनुभएका सापकोटाको एयरलाइन्स, ट्राभल, ट्रेकिङ , होटललगायतका क्षेत्रमा लगानी रहेको छ । दर्जनौं सामाजिक संघसंस्थासँग आबद्ध भएर सापकोटाले दुर्गम तथा विशेषगरी हिमालय क्षेत्रको शिक्षा, स्वास्थ्य, वातावरणसँगै त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनात्मक काम गर्दै आउनुभएको छ । उहाँले यसअघि दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मान पाइसक्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*