जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्

40376

एजेन्सीको सहयोगमा
ebb7c4bb911e5552217a0ff91ba37cecयूट्यूबले आफ्नो मोनेटाइजिङ पोलिसी परिवर्तन गरेको छ। अब यूट्युबले यूजर्सलाई सजिलै पैसा दिनेछैन। अबदेखि यूट्युबमा भिडियो अपलोड गरेपनि पैसा उसैलेमात्र पाउनेछ जसको कम्तीमा पनि १ हजार सब्सक्राइबर हुनेछ।

यस्तै ४ हजार घण्टाभन्दा कम ‘वाचटाइम’ हुनेले पनि पैसा पाउनेछैन। यूटुयूबले अबदेखि च्यानलहरुले गाइडलाइन फलो गरे नगरेको पुष्टि भएपछि मात्र पैसा दिने नीति लिएको जनाएको छ।

केही महिनादेखि यूट्युबमा बिभिन्न किसिमका बिवाद देखिएको थियो। साइटमा भएका बिबादित कन्टेन्टका साथै घोटालाका समाचारले पनि यूट्युब बिबादित बनेको थियो।

गत वर्ष धेरै यूट्युब यूजर्सले साइटका कन्टेन्टका बिषयमा चिन्तित हुँदै प्रतिक्रिया दिएका थिए। यूटुयूबमा बच्चामाथि नकारात्मक असर पर्ने किसिमका भिडियोहरु अपलोड भैरहेको यूजर्सको गुनासो थियो। आफ्नो छवि सुधार्नकालागि यूट्युबले आफ्नो नीतिमा परिवर्तन गरेको जनाएको छ।

हालै लोगन पल नामका ब्यक्तिले साइटमा सुसाइट गरेका ब्यक्तिको बारेमा बनाएको ‘डिस्टर्बिङ’ भिडियो अपलोड गरेका थिए। यूट्युबले त्यस कन्टेन्टलाई तुरुन्तै हटाएर पललाई कारवाही समेत गर्यो। यूट्युबले पललाई आफ्नो एड प्रोग्रामबाट हटाएको जनाएको छ। यस्तै पलसँगको आफ्नो सबै प्रोजेक्टहरु होल्ड गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*