इराकबाट ह्वील चियरमा ल्याइएकी शान्ता बान्तावालाई अनिस प्रतिष्ठानद्धारा आर्थिक सहयोग   •   छमछमी सिजन थ्रीको विजेता सरोज र फस्ट रनर अप मनिता राई बने   •   प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ?   •   एमाले अध्यक्ष ओली गणतान्त्रिक नेपालको दशौं प्रधानमन्त्री   •   प्रधानमन्त्री देउवाद्धारा राजीनामा ?   •   भिटोफ नेपालले मनकवानपुरस्थित कुन्छाल गाउँको अवलोकन भ्रमण गर्ने

आयोजकले सेक्स प्रस्ताव राखेको मोडल प्रमिला न्यौपानेको खुलासा

wकाठमाण्डौं : मलेशियामा चाइनिज नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको युनिक धमाका–७ साँस्कृतिक कार्यक्रम ‘सेक्स’ विवादमा परेको छ ।

कार्यक्रममा सहभागी हुने भनिएकी मोडल प्रमिला न्यौपानेले आफूलाई आयोजकले ‘सेक्स अफर’ गरेको भन्दै सार्वजनिक सञ्जालमा स्टाटस लेखेपछि युनिक धमाकाले कार्यक्रम चाँजोपाँजो मिलाउने क्रममै धमाका मच्चाएको हो । मोडल प्रमिला न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमै आफूलाई आयोजकले सेक्स प्रस्ताव राखेको भनेर स्ट्याटस नै पोष्ट गरेपछि आयोजक र न्यौपानेको फरक–फरक दोहोरी चल्न थालेको छ ।

मोडल न्यौपाने भन्छिन्– ‘मलाई कार्यक्रममा लैजाने ‘फिक्स’ भईसकेको थियो । ब्यानरमा पनि मेरोलगायत अन्य कलाकारहरुको फोटो राखेर प्रिन्ट गरियो । तर, सेक्स प्रस्ताव राखेपछि मैले अस्विकार गरें । अनि आयोजकले ब्यानर पनि चेञ्ज गर्नु भएछ ।’ उनले फेसबुक स्टाटसमा लेखेकी छन्–‘युनिक धमाका–७ का आयोजकमध्ये एक जनाले सेक्स प्रस्ताव राख्नु भएको थियो । उहाँको प्रस्ताव स्वीकार नगर्दा पोष्ट नै राता–रात चेञ्ज गर्नुभएछ, आयोजक टिमलाई धन्यवाद । यस्तो प्रोगाममा जानुभन्दा नजानै बेस ।’

उनले २ घण्टाअघि अर्को फेसबुक स्ट्याटस पोष्ट गरेकी छिन् । आयोजक टिमले मेरो प्रश्नको उत्तर दिनुन्, सक्नु हुन्छ भनेर उनले प्रश्न गरेकी छिन् । आयोजक टिमले आफूलाई अदालतको धम्की दिएको भन्दै आफू पनि अदालत गएर उभिने बताएकी छिन् । ‘साँचो बोल्दा नराम्रो लाग्यो हजुरहरुलाई, अदालतको धम्की नदिनु म नि मेरो मानहानीको आरोपमा अदालत जान सक्छु । तपाईंहरुले चेञ्ज गरेको तस्बिर र ब्यानरले प्रमाण दिएको छ ।’–स्टाटसमा भनिएको छ ।

(न्यौपानेले पोष्ट गरेको फेसबुक स्टाटस)p

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*

Close