‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

लुम्बिनी विकास कोषको सदस्य सचिव छनोट प्रक्रिया अन्तिम चरणमा

निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा भए ज्ञानीन राईको सम्भावना प्रवल

40385
  • शिखरपोष्ट रिपोर्टर

lumbini_development_trust_3nGoEgjvRS-min (1)काठमाडौं, ७ माघ । लुम्बिनी विकास कोषमा अजितमान तामाङको पदावधि गत मंसिर १८ गतेदेखि सकिएपछि रिक्त रहेको सदस्य सचिव नियुक्ति यहि हप्ताभित्र हुने सम्भावना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको संयोजकत्वमा मनोनयन समिति मार्फत नयाँ सदस्य सचिव छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको हो ।

गत पुस १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पुस १८ गते दर्खास्त आह्वान गरिएको थियो । कुनै विषयमा मास्टर डिग्री गरेको, सम्बन्धित क्षेत्रमा पाँच वर्षे कार्यअनुभव हुनुपर्नेलगायतको मापदण्डअनुसार २२ जनाले आवेदन दिएका छन् ।

२२ आवेदकहरु मध्येबाट व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा प्रस्तुतिकरण शैलीको आधारमा मुल्यांकन हुने र अन्तर्वार्ताका लागि विषय विषयवस्तु सम्बन्धि ज्ञान र व्यक्तित्वका आधारमा मुल्यांकन गरी नयाँ सदस्य सचिव छानिने छ ।

आवेदन दिनेहरुमा कोषको सम्पर्क कार्यलय काठमाडौंका प्रमुख ज्ञानीन राईदेखि विभिन्न क्षेत्रका व्यक्तिहरु छन् । राईसहित कोषमै अहिले कार्यरत ६ जनाले आवदेन दिएका छन् ।

नयाँ सदस्य सचिव छनोट छनोट प्रक्रिया निश्पक्ष र स्वस्थ प्रतिष्पर्धा भएको खण्डमा राई अगाडि देखिएका छन् । हिस्टोरी, कल्चर एण्ड आर्कोलोजीमा मास्टर डिग्री गरेका उनले विगत डेढ दशकदेखि कोषको विभिन्न पदीय हैसियतमा रहेर महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

छनोट प्रक्रियाअन्तर्गत प्रस्तुतिकरणका लागि माघ ३ गतेदेखि ८ गतेसम्म चार वटा भागमा विभाजन गरी मिति र समय तोकिएको छ ।

कोषको संरचना परिवर्तन गरी अब नियुक्त हुने सदस्य सचिवलाई कार्यकारी जिम्मेवारी दिइने भएको छ । यसअघिको संरचनामा केषको संरक्षकको रुपमा प्रधानमन्त्री, अध्यक्ष मन्त्री र कार्यकारीको रुपमा उपाध्यक्ष हुने व्यवस्था थियो । जुन संरचनाअनुसार उपाध्यक्ष राज्यमन्त्री सरह र कोषाध्यक्ष सहायक मन्त्रीसरहको हुने व्यवस्था थियो ।

त्यसो गर्दा तलब सुविधा लिने तर काम नगर्ने प्रबृत्ति हावी हुने गरेको थियो । त्यही कुरालाई ध्यानमा राखेर अब नियुक्त हुने सदस्य सचिवलाई कार्यकारी जिम्मेवारी दिने व्यवस्था गरिएको बताइएको छ ।

क–कसको आवदेन परेको छ हेरनुस्:dd


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*