‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

पवित्र तिर्थस्थल तिलिचोमा खिचिएको विदेशी पर्यटकको नांगो फोटो भाईरल

सामाजिक सन्जालमा तिब्र आलोचना

40393

काठमाडौं । मनाङको तिलिचो तालमा दुई विदेशी पर्यटकहरुले खिचेको नांगो फोटो अहिले भाईरल भएको छ । अन्नपूर्ण संरक्षित क्षेत्रको पवित्र तिर्थस्थल तिलिचो तालमा नांगो फोटो सेसन गराएको तस्बिर बाहिर आएपछि तिव्र आलोचना समेत सुरु भएको छ ।

ताल अघि बसेर दुई विदेशीले नांगै तस्बिर खिचाएका छन् । विना गाइड तिलिचो पुगेका पर्यटकहरुले तिलिचो क्षेत्रमा उछ्खल गतिबिधि समेत गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
Nacket-Photo-at-Tilicho-tal-2
फेसबुकमा पर्यटन ब्यबसायी तेजबहादुर गुरुङ लेख्छन्,
‘विश्वकै उचाइमा अवस्थित अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्ने तिलिचो तालमा यि पर्यटकहरुले नाङ्गै फोटो खिचाएर पक्कै ठीक गरेनन । नेपाली सामाजिक मुल्य मान्यता र संरक्षित क्षेत्रको नियम बिरुद्ध छ यो कार्य । बिना गाईड गएको पर्यटकहरुलाई कस्ले यस्ता उच्छ्रीङखल कार्य गर्नुहुदैन भनेर सिकाउने ? पदयात्रा अनुमतिमा अनिबार्य गाईड निती नल्याइ यस्तो हर्कत रोकिनेवाला छैन ।’

४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ ।
कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ ।

यसरी पवित्र तिर्थस्थलमा यस्तो काम गर्नु बर्जित छ । स्रोतका अनुसार यी दुई पयर्टन त्यही क्षेत्रमा हाल छन् । नेपालको सामजिक मुल्य, मान्यता र संस्कृति बिरोधी काम भएको भन्दै उनीहरुलाई कारबाहीको माग गरिएको छ ।Nacket-Photo-at-Tilicho-tal-1-1


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*