होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

मुख्यमन्त्रीका लागि चुनाव मैदानमा उत्रने शेरधन राईको उद्घोष

40479

sherdhan-raiविराटनगर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व सञ्चारमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको मुख्यमन्त्री हुनका लागि आफु चुनावी प्रक्रियामा जान तयार रहेको बताएका छन् ।

आईतबार विराटनगरमा संचारकर्मीसंग कुराकानी गर्दै राईले पार्टीको स्थायी समितिले गरेको निर्णय आफ्ना लागि मान्य हुने बताउँदै यदी प्रदेशमै चुनावी प्रक्रियाबाट संसदिय दलको नेता चयन गरेर मुख्य मन्त्री बनाउने हो भने पनि आफू पछि नहट्ने बताए । प्रदेश नम्बर १ को मुख्यमन्त्री दावी गर्दै भोजपुरबाट चुनाव जितेका राईले यस क्षेत्रको भौगोलिक र ऐतिहासिकताका हिसावले पनि आफू उम्मेदवारका लागि योग्य रहेको दावी गरेका छन । उनले आफूले विगतमा आफुले पाएको जिम्मेवारी राम्रोसंग पूरा गरेको दावी समेत गरेका छन ।

माघ भित्रै नभए पनि फागुन ३ गते भित्र प्रदेश सरकार बनिसक्ने भएकाले पार्टीको निर्णय अनुसार अव संसदिय दलको नेता छान्ने प्रक्रिया छिट्टै सुरु हुने उनको भनाइ छ । ९३ सदस्य रहेको प्रदेशसभामा नेकपा एमाले एक्लैको ५१ सदस्य सहित बहुमत छ । संसदिय दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने प्राबधान भएकाले पनि मुख्य मन्त्री हुनु अघि संसदीय दलको नेता चयन हुनुपर्छ ।

प्रदेश नम्बर १ मा पार्टीका स्थायी समिति सदस्य एवं पार्टी सचिव भीम आचार्यले पनि मुख्य मन्त्रीको दावी गर्दै आएका छन । उनले शनिबार मात्र काठमाडौंमा पत्रकार सम्मेलन गरी आफू जसरी पनि प्रक्रियाबाट मुख्यमन्त्री बन्ने दावी गरे लगत्तै राईले विराटनगरमा पत्रकार माझ आफू पनि प्रक्रियाका लागि तयार रहेको घोषणा गरेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*