नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

समाजसेवी रुद्र दाई, जसले अध्योरोमा बस्न बाध्य विरामीहरुलाई सम्झे

स्वास्थ्य चौकी बासालाई ८० हजार बराबरको जेनेरेटर प्रदान

40498
  • शिखरपोष्ट रिपोर्टर

9 copyसहयोगी दाता रुद्रबहादुर विश्वकर्मा ‘रुद्र दाई’ र राजेश विश्वाकर्मा

काठमाडौं, १५ माघ । विभिन्न माध्यमबाट गाउँको विकासमा योग्दान पुर्‍याउँदै आउनुभएका समाजसेवी तथा सफल उद्यमी रुद्रबहादुर विश्वकर्मा ‘रुद्र दाई’ले स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्नुभएको छ । गरिबीको रेखामुनी रहेका गाउँलेहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आफ्नै भाई राजेश विश्वकर्मासँग मिलेर उहाँले करिब ८० हजार रुपैयाँ बराबरको जेनेरेटर दुधकोशी गाउँपालिकामा अवस्थित स्वास्थ्य चौकी बासा, खास्तापलाई प्रदान गर्नुभएको छ ।

समाजसेवी रुद्र दाईले आइतबार एक कार्यक्रमको आयोजना गरी दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको रोहबरमा स्वास्थ्य चौकी, बासाका प्रमुख जितेन्द्र कुमार यादबलाई सो जेनेरेटर हस्तान्तरण गर्नुभएको हो । साढे ६ किलो वाड क्षमता रहेको उक्त जेनेरेटरबाट २० वटासम्म चिम बाल्न सकिन्छ ।

सोलुखुम्बु विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष तथा शिखरपोष्ट मिडिया ग्रुपका सल्लाहकारसमेत रहनुभएका रुद्र दाईले गाउँको दयनीय अवस्था देखेर केही राहतको लागि यो सहयोग गरेको बताउनुभयो । ‘विजुलीको राम्रो व्यवस्था छैन गाँठे’ उहाँले भन्नुभयो ‘भाको विजुली पनि कहिले बिग्रिने, कहिले त हप्तौसम्म पनि विजुली नबन्दा स्वास्थ्य चौकीमा आएका विरामीहरु अध्यारोमा बस्नुपर्ने बाध्यता देखे । त्यो अवस्था देख्दा कसको मन चसक्कै दुख्दैन । त्यही देखेर विरामीहरुलाई केही सेवा पुगोस् भनेर यो सानो सहयोग गरेको हुँ ।’

5आगामी दिनमा यो स्वास्थ्य चौकीलाई थप प्रभावकारी बनाउनका लागि सबैले पहल गर्नुपर्ने भन्दै उहाँले आफ्नो तर्फबाट पनि थप सहयोगको लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले आउँदो आर्थिक वर्षमा स्वास्थ्यका लागि विशेष बजेटको व्यवस्था गरेर राज्यको गाउँपालिकाभित्र १५ सैयाँको अस्पताल बनाउने नीतिलाई सार्थकता तुल्याउने बचनबद्धता गर्नुभयो । रुद्र बहादुर विश्वकर्माको सहयोगप्रति सह्राना गर्दै अध्यक्ष राईले भन्नुभयो ‘साच्चिकै रुद्र दाईको सहयोगी भावना सह्रानीय र प्रेरणादायी छ । सबै पैसा कमाउनेहरु समाजसेवामा लाग्दैनन् । समाजसेवाको लागि अन्तर हृदयदेखि नै जाग्नुपर्दछ । रुद्र दाईले साच्चिकै हृदयदेखि नै सहयोग गर्नुभएको छ । उहाँले यो मात्रै नभएर स्कुललाई गर्नुभएको योगदान, अन्य विभिन्न क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान बिर्सन सकिन्न । सहयोगका लागि धेरै धन्यवाद छ उहाँ र उहाँको भाई राजेश विश्वकर्मालाई ।’

गाउँपालिका स्वास्थ्य चौकीका इन्चार्जसमेत रहनुभएका स्वास्थ्य चौकी बासाका प्रमुख जितेन्द्रनारायण यादवले विभिन्न खालका समस्याहरुको बाबजुद पनि स्वास्थ्य चौकीले गाउँलेहरुलाई सेवा प्रदान गरिरहेको बताउँदै यसको स्तरोन्नतिका लागि सबैबाट पहल हुनुपर्नेमा जोड दिनुभयो । विजुली बत्तिको समस्याका कारण अहिले पनि टर्चलाइट र टुकी बत्ति बालेर विरामीहरुको उपचार गर्नुपर्ने बाध्यता रहेको र अब जेनेरेटर भएपछि त्यो समस्या समाधानमा केही सहज आउने भन्दै उहाँले दाताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।1

राज्यको नीतिअनुसार १५ सैयाँको अस्पताल बनाउदा अहिलेको स्वास्थ्य चौकी बासालाई केन्द्रभागमा राखेर योजना निर्माण गर्नुपर्नेसमेत उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य चौकीको दरबन्दी, अन्य सामाग्रीहरु तथा पूर्वाधार विकासलगायत सबै व्यवस्थाका गरिदिनु हुनका लागि गाउँपालिकालाई आग्रहसमेत गर्नुभयो ।

दुधकोशी गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मा अवस्थित यो स्वास्थ्य चौकीमा अधिकांश वडाहरुबाट विरामी आउने गर्दछन् । स्वास्थ्य चौकीको तथ्यांकअनुसार वार्षिक १४ हजार जना सेवाग्रहीले यहाँबाट सेवा लिइरहेका छन् । समित श्रोत र साधनका कारण स्वास्थ्य चौकीमा आउने विरामीहरुले अहिले पनि विभिन्न खालका समस्याहरु झेल्नुपरिरहेको छ ।

स्थानीय बुद्दिजिबी योगेश खालिङले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय समाजसेवी चन्द्र बहादुर खालिङ, उत्तरकुमार कार्की, शिखरपोष्टका अध्यक्ष प्रकाश खालिङ, सगरमाथा अनलाइनका सम्पादक बुद्धबीर बाहिङलगायतको उपस्थिति रहेको थियो ।

फोटो: बसन्त खालिङ/शिखरपोष्ट  
4 2  6 7


Subscribe to Comments RSS Feed in this post

One Response

  1. Nice

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*