होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

बुढासुब्बा गोल्डकपको उपाधि थ्रि स्टारलाई

40691

गोविन्द बस्नेत

3star-dharanसुनसरी । एक साताअघि आहा रारा गोल्डकपको फाइनलमा ब्यहोरेको हारको बदला लिँदै ललितपुरको थ्रीस्टार क्लवले नेपाल पुलिसलाई हराएर २०औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । गत शनिबार मात्रै पोखरामा आहा रारा गोल्डकपको फाइनलमा पुलिस १(० गोलले विजयी भएको थियो ।

उपाधि सथै थ्री स्टारले नगद ६ लाख ट्रफी मेडल तथा प्रमाण पत्र पाएको छ । प्रतिस्पर्धात्मक र तनावपूर्ण खेलमा थ्रीस्टारले पुलिसलाई १(० गोलअन्तरले पराजित गरेको हो । जित सगै थ्री स्टारले बुढासुब्बामा सार्वाधिक सुचिमा पुलिस सग बारबरी गरेको छ । दुवै ले ५ –५ पटक उपाधी चुम्न सफल भए । उपाधि सगै थ्रिस्टारले व्यक्तिगत तर्फ पनि अग्राधिकार कायम गरेको छ ।

गोल्डकपको सवौउत्कृष्ट खेलाडी घोषित हुदै थ्रिस्टारका निरजान खड्का याहाहाको मोटरसाइल सगै खेल अविध भर ३ गोल गरेका उनले हाइस्कोरको उपाधी तथा नगद २५ हजार पाए । उत्कृष्ट कोच घोषत हुदै थ्रिस्टारका कोच मेघराज केशीले नगद २५ हजार पाए भने उत्कृष्ट गोल रक्षक एलन न्योपानै घोषीत हुदै नगद २५ हजार पाए । उत्कृट डिफेन्स हुदै थ्रिस्टारका लोवेल ओलाओले ले नगद २५ पाउदा धरान फुटवल क्लवका रोमन लिम्बुले राइजिङ प्लेयर घोषित भए । उनले पनि नगद २५ हजार पाए । पुलिसका रेजिन सुब्वा उत्कृष्ट स्टाइकर भए भने पुलिसका सुमन लामा उत्कृष्ट मिड फिल्डर भए । उनिहरुले नगद २५ हजार पाए ।

 

खेल सुरु भएको २७औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । थ्रीस्टारका कप्तान बिक्रम लामा डरलाग्दो ट्याकलमा परेर गम्भीर घाइते भएपछि आक्रोशित टिममेट र पुलिसका खेलाडीबीचको तनावका कारण रेफ्रीले केवन व्यञ्जनकारले पुलिसका हेम तामाङ र थ्रीस्टारका पिटर सेगुनलाई रेड कार्ड देखाएका थिए । मुख्य खेलाडीले रातोकार्ड पाउनु तथा चोटग्रस्त हुनुका बाबजुद थ्रीस्टारले उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा पहिलो हाफको इन्ज्यूरी समयमा गोल गर्न सफल भयो ।

९ मिनेट थपिएको इन्ज्यूरी समयको पाँचौं मिनेटमा थ्रीस्टारका बिदेशी खेलाडी म्यान अफलि म्याच अजेयी मार्टिनले गोल गरेका थिए । उनले म्यान अफ दि म्चाच हुदै मार्टिने नगद १० हजार पाए निक्कै आक्रामक खेल खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सकेनन् र मार्टिनको गोल नै निर्णायक बन्यो । जितसँगै उसले पुलिससँग बदला लिएको छ भने सिजनको दोस्रो उपाधि पनि जितेको छ । उपाधि विजेता थ्रीस्टारले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*