नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको अध्यक्षमा आङनुर्वू

40775
  • शिखरपोष्ट रिपोर्टर

aang-nurbuu-5a8d72385974c6.69483734काठमाडौं : नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघको पाँचौ अधिवेशनले आङनुर्वू शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा छिरिङ पाण्डे भोटे, महासचिव तुलसिंह गुरुङ, सचिव पिम्वा तेन्जिङ लामा र कोषाध्यक्षमा तेन्जिङ शेर्पा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा अन्तर्राष्ट्रिय गाइड लामबाबु शेर्पा, आङदावा शेर्पा, पासाङ काजी शेर्पा, सुमन गुरुङ चयन भएका छन् ।

विश्वभरका हिमालमा पथप्रर्दशकको मान्यता पाउँदै आएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक महासंघ नेपालले पाँच वर्ष अघि सदस्यता लिएको हो । नेपाल राष्ट्रिय पथ प्रदर्शक संघमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडहरु मात्र सहभागि बन्न पाउने छन् । सन् १९६५ मा अष्ट्रिया, फ्रान्स, स्वीटजरल्याण्ड र इटालीका पथप्रर्दशकले महासंघ स्थापना गरेका थिए ।

नेपालमा हालसम्म ५० जना अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक र १८ राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक गरी ६८ जना छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*