‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

किरात प्रदेशमा ‘सगरमाथा’ शब्दको उचाई !

41051

nageनगेन्द्र चाम्लिङ

पञ्चायती ब्यवस्था रहँदासम्म नेपालमाका किराती बसोवास गर्ने भेगलाई किरात प्रदेश नै लेखाउने चलन थियो । किराती बसोवास भएको पुर्वीभेग एक प्रकारको किरात प्रदेश नै थियो । रामेछाप, दोलखा तिरका सवैखाले कागजपत्र तथा मुद्दाहरुमा दुई नम्बर, वल्लोकिरात प्रदेश भनेर उल्लेख नगरी हुँदैन थियो । त्यसैगरी खोटाङ तिर तीन नम्बर माझकिरात भनेर उल्लेख हुनै पथ्र्यो । भने पाँचथर तिर पल्लो किरात भनेर उल्लेख गर्ने चलन थियो । यी सवै क्षेत्र पृथ्वीनारायण साहाले विभाजित गरेका हुन् । यो नाम पञ्चायती ब्यवस्था सम्म लागु भयो । धेरै पुरानो पनि हैन । दस्तावेज खोजि गर्दा फेला पर्ने र साँक्षी स्वरुप लेखापढी गर्ने कानुन ब्यावसायीहरु पनि आज सम्म प्रसस्तै पाईन्छन् । तर २०४८ सालको प्रजातन्त्रको संविधान संगै उल्लेखित किरात पहिचान भएका ठेगानाका नामहरु हटाईए ।

प्रजातन्त्र आईसकेपछि पनि विभिन्न ठाउँहरुको नौरान गर्नेकामहरु भएका छन् । उदाहरणका लागि जस्तो खोटाङको दोर्पालाई चिउरिडाँडा, सोलुखुम्बुको नुम्बुर हिमाल तथा ताललाई दुधकुण्ड नामाकरण गर्ने काम भयो । गणतन्त्र आएपछि दुधकुण्ड भन्नेनामलाई अझ दस्तावेजीकरण गर्ने काम भएको छ । ऐतिहासिक नामहरु प्रजातन्त्र आएपछि मात्र हट्न सुरु भएका भने हैनन् । सन् १८८८ मा जन्मेका एकजना साहित्यकार बावुराम आचार्यले उनको रचनामा सगरमाथा सब्द समावेस गरेका थिए । त्यही सगरमाथा सब्द पछि नेपालमा प्रचारमा ल्याईए । बावुराम जन्मनु भन्दा तीस वर्ष पहिलेनै अर्को नाम एभरेष्ट राखिएको थियो । जुन समयमा चोमोलुङमा नामले प्रख्यात थियो । चोमोलुङमा पछि सगरमाथा नाम राखिएको भने हैन । भारत वृटिसको उपनिवेस हुँदा वृटिसको एक सर्वे टोलीले यसको उचाई नापीवरी संसारको अग्लो भनेर पत्ता लगाका थिए । जुन टोलीको नेतृत्व वृटिस सेनाका जनरल जर्ज एभरेष्टले गरेका थिए । उनै जनरलको नामबाट चोमोलुङमाको नाम सन् १८५६ मा दोश्रो नामाकरण गर्दा एभेरेष्ट राखियो ।

सगरमाथाको अर्थ खस भाषामा ”आकाशको शिर” हुन्छ । बावुराम आचार्यले सगरमाथा बारे कुनै योगदान गरेर नाम लेखेका भने हैनन् । बावुरामले भावनामा बगेर साहित्य लेख्दा सर्वोच्च शिखरको नाम सगरमाथा रहन गयो । एभरेष्टको उचाई आकासको सवैभन्दा माथी रहेको जर्ज एभरेष्टको निष्कर्ष बाट थाहा पाएपछि आचार्यले नयाँ नाम सगरमाथा राखेका थिए । चोमोलुङ्मा शब्द प्राचिन नाम थियो र हाल सम्म छ । तर सरकारी प्रयोजनमा समावेस छैन । किराती मुन्दुमा आउने चोमोलुङमा को शाब्दिक अर्थ हुन्छ “सवैभन्दा अग्लो ढुंगाको आमा” । यसले के बुझ्न सकिन्छ भने किरातीहरुमा उचाई नाप्ने आधुनिक प्रविधि नभएको बेलामा उनिहरुले चोमोलुङ्मा भनेर अर्थपुर्ण नाम राख्न कसरी सके ? आधुनिक कालको मापन संग मेल खाने प्रचिन किरातीको ज्ञान वा कलाको सम्भव कसरी भयो ? मुन्दुम शिक्षा बारे खोजी हुनु अर्को पाटोको विषय हुन सक्छ ।

मुन्दुम निर्देशित वैज्ञानिक पहिचानका नाम हुँदा हुँदै प्रदेश एकको नामाकरण गर्ने विषयमा विभिन्न खेलाईंची चलखेल सुरु भएको छ । हामीले बुझि सक्यौं की सगरमाथा नाममा न कुनै योगदान छ, न पहिचान छ । यसमा केवल एउटा साहित्यकारको भावना छ । अनि केवल खस भाषा । यो भन्दा बरु एभरेष्ट अलिक उपयुक्त छ । किनकी जसले आधुनिक प्रविधि बाट उचाई पत्ता लगाए । तथापी जुन प्राचिन चोमोलुङ्मा नाम छ यसले आधुनिक प्रविधिको प्रमाणलाई प्राचिन कालमानै पुष्टि भएको बुझाउँछ । आधुनिक प्रविधि संग मेल खाने किरातीको प्राचिन मुन्दुमी नाम चोमोलुङ्मा भन्दा अर्को पहिचानको नाम उपयुक्त छैन ।

प्रदेश एकको नौरान गर्ने अवसर पाएका संसदहरुलाई थाहा हुनु पर्छ । सिक्किममा अधिकांश खस भाषाबाट नाम राखिएका ठाउँहरु फेरी पुरानै लेप्चा भाषामा स्थापित गराईए । भुटानमा पनि त्यस्तै भयो । मात्र नभएर भारतको अरुणाञ्चलको धेरै क्षेत्रमा अहिले त्यहाँका लेप्चा, भोटेभाषामा नामाकरण गर्ने लहर चलेको छ । यस्ता उदाहरण धेरै छन् । हामीले बम्बई भन्दै आएको भारतको शहरलाई अहिले मुम्बई बनाईयो । पुनालाई पुणे, कलकत्तालाई कोलकात्ता बनाईयो । यी नामहरु परिवर्तन हुनुमा त्यहाँका ऐतिहासिक पहिचान संग जोडिएका कारणहरु छन् ।

अब हाम्रो काँधमा पहिचान राख्ने जिम्मेवारी अवसर भएर आएको छ । हामीले यो अवसरबाट पहिचान राख्न चुक्यौं भने ईतिहास कुहिरोको काग जस्तो हुने छन् । कतिपयले बुझ्छन् किरातीको पहिचान राख्दा अरुलाई हेला हुन्छ । तर पहिचानको अर्थ यस्तो साँघुरो पक्कै छैन । पहिचान भनेको नदिको मुहान संरक्षण गरे जस्तो हो । नदी जती संरक्षण गर्यो त्यती पानी उपभोग गर्नेलाई फाईदा हुन्छ । तात्पर्य सगरमाथा सब्दको यहाँ कुनै ठूलो योगदान भेटिन्न । सगरमाथा शब्दलाई उखेलेर फाल्नुपनि हुँदैन । यसलाई साहित्यिक क्षेत्रमा प्रयोग गर्नु उपयुक्त छ । चोमोलुङ्मा शब्दको प्रयोग भने सरकारी भाषामा हुन जरुरी छ । विश्वमा अहिले पनि एभरेष्ट र चोमोलुङमा भनेरनै प्रख्यात छन् । सगरमाथा शब्द वास्तवमा भारतमा समेत अनविज्ञ छन् ।

नेपालमा अहिले त्यही तात्वीक पहिचान नभएको सगरमाथा शब्दलाई एक नम्बर प्रदेशको नामाङ्कन गर्ने प्रयास हुँदैछ । सगरमाथा नाम राख्नु भनेको प्रदेश प्रतिनिधिको विबेक फेल खानु पनि हो । पहिचान नभएको सगरमाथाको बदलामा प्रदेशको नाम चोमोलुङ्मा राख्नु भन्ने पनि हैन । चोमोलुङमा, एभरेष्ट वा सगरमाथा यी शब्दहरुको आ–आफ्नै महत्वपुर्ण उचाई छ ।

किरात प्रदेश राख्ने बारे धेरै राम्रा नराम्रा बहसहरु भए । यस विषयमा नराम्रा बहस गर्ने पक्ष छाँयाँमा सिमित भए । सवल पक्ष बाट हिन्दुको दृष्टिले हेर्ने हो भने बेद, शास्त्र, पुराण, कथाहरु जाहीँताहीँ किरातीबारे वर्णन भएको छ । हिन्दु विज्ञहरुले चाहेको भए यी सवै वर्णनहरु नामेट बनाउन सक्थे । तर हिन्दुका विज्ञहरुले मेटाउन चाहँदैनन् । किरातीको ईतिहास त्यहाँबाट झिक्नु भनेको हिन्दुको ईतिहास अपुष्ट हुनु हो ।, अस्पस्ट हुनु हो ।, मनोगणन्ते हुनु हो । शास्त्रहरुका अनुसार भारतदेखि उत्तर खण्ड पर्वतमाला किरात देश भनेर उल्लेख भएको पाउँछौं । हिन्दुको सामान्य पुराणहरु मार्फत पनि सर्वसाधारणमा यस बारे वोध भएको पाउँछौं ।

कमसेकम देश भनेको ठाउँमा प्रदेश मात्र भयो भने पनि हिन्दुको ईतिहासलाई वैज्ञानिक पुष्टि हुने महत्वपुर्ण आधार रहनेछन् । यसर्थ किरात प्रदेश नामांकनको पहिचान हुनु भनेको ईतिहासको सम्मान गर्नुहो । सही ईतिहासको संरक्षण गर्नु हो । सह–अस्तित्व, सद्भावको वातावरण हुनु हो । सह–अस्तित्व र सम्मानको भावनाको कदर पछि मात्र प्रदेशमा विकासको ढोका खोल्न सहज हुनेछ ।

लेखक चाम्लिङ यूवा पत्रकार हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*