होटलको शुल्क बढाएर होमस्टेलाई छुट, होमस्टेमा ५० प्रतिशतले कटौती   •   नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)   •   अग्रज पर्यटन व्यवसायी विक्रम पाँडे काजीले चिनेको ‘पासाङल्हामु शेर्पा’   •   रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्   •   प्रदेश सरकारकोे अनुदानप्रति स्थानीय तह असन्तुष्ट   •   नेपाली कांग्रेस जिल्ला सभापतिको भेलामा आजदेखि बन्दसत्र

अपर सोलु हाइड्रो पावरको टहरामा आगोलागी हुँदा आधा करोड बढीको क्षति

41102

20160704_0822321-1024x576सोलुखुम्बु : सोलुखुम्बुको अपर सोलु हाइड्रो पावरको टहरामा आगोलागी हुँदा ५८ लाख रुपैयाँ बढीको क्षति भएको छ। लुदूधकुण्ड नगरपालिका- ७ मा रहेको हाइड्रो पावरमा काम गर्ने कामदारहरू बस्ने टहरामा आगोलागी भएर क्षति भएको हो।

मंगलबार बिहान साँढे ८ बजे विद्युत सर्ट भई छ वटा टहरामा आगोलागी भएको थियो। एक सय बढी कामदार बस्ने उक्त टहरामा आगलागी हुँदा ५८ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

आगोलागीमा परी सोमबार मात्र तलब बुझेका कामदारहरूको नगद २० लाख रुपैयाँ, २५ थान मोवाइल, एक थान ल्यापटप, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सोलुदूधकुण्ड नगरपालिकाको दमकल र नेपाल प्रहरीको सक्रियतामा आगो निभाइएको थियो।

thahakhabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*