‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

अन्तरराष्ट्रिय व्यापार मेला २०१८ को तयारी यस्तो छ

41107

NITF-1काठमाडौं । नेपाल अन्तरराष्ट्रिय ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार/ वाणिज्य मन्त्रालयको सहयोगमा ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा नेपाल उद्योग वाणिज्य महासंघले सो मेला आयोजना गर्न लागेको हो ।

३०० बढी स्टल रहने मेलामा स्वदेशी तथा बिदेशी वस्तु प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । ५ दिन सम्म चल्ने उक्त मेलामा सार्क राष्ट्रलगायत चीनको पनि सहभागिता रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । मेलामा एनटिआइएस प्रोडक्ट रहने साथै हस्तकला, पर्यटन, सुचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा, औषधी, फलाम तथा स्टीललगायत स्टल रहने छ ।

मेलामा विभिन्न देशबाट आउने प्रतिनिधीसंग भेटघाट तथा द्धिपक्षीय ब्यापार प्रवद्र्धन तथा लगानी बारे छलफल हुने बताएको छ । मेलाको करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान आयोजकको छ । साथै मेलाबाट मुलुकको अर्थतन्त्रलाई माथी उठाउन सघाउ हुने अपेक्षा महासंघले लिएको छ ।

‘सोकेशिङ नेपाल एण्ड दी ग्लोब’ को मुख्य थिम्मा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तराष्ट्रिय ब्यापार मेलाको यो सातौ संस्करण मेला फागुन २४ देखी २८ सम्म भृकुटी मण्डपमा चल्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*