‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

लगानी बोर्डले १० ठूला परियोजना अगाडि बढाउँदै, प्राथकितामा ऊर्जा

41186

investment-board-officeकाठमाडौं, २७ फागुन । लगानी बोर्डले १० ठूला परियोजना अगाडि बढाउने भएको छ । बोर्डले प्रोजेक्ट बैंकमा सूचीकृत गरेका आयोजनामध्ये तत्काल १० ठूला मेगा प्राजेक्ट अगाडि बढाउने निर्णय गरेको छ ।

त्यस्ता परियोजनामा उद्योग, उत्पादन, सेवा, यातायात, जलविद्युत्, सौर्य ऊर्जाको विकासका लागि १० वटा परियोजनाको अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ । साना तथा मझौला परियोजना अगाडि बढाएको भरमा मुलुकको समृद्धि हुन नसक्ने ठहर गर्दै बोर्डले ती ठूला परियोजना अगाडि बढाउन लागेको हो ।

परियोजनामा विशेष गरी जलविद्युत् क्षेत्रसँग सम्बिन्धत आयोजना नै बढी रहेका छन् । सरकारले १० वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सम्बन्धमा जलाशयुक्त आयोजना निर्माणलाई नै जोड दिने लक्ष्य राखिएको सन्दर्भमा त्यसैलाई विशेष जोड दिइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

बोर्डको प्रोजेक्ट बैंकलाई अघि बढाउने कन्सेप्ट अन्तर्गत १० वटा परियोजनाको अध्ययन गर्ने प्रस्तावलाई गत शुक्रबारको बोर्ड बैठकले स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।लगानी बोर्डले चीनको हुवासिन सिमेन्टसँग लगानी सम्झौता गर्ने जिम्मेवारी समेत सरकारलाई दिइएको छ ।

पश्चिम सेती बनाउन प्राविधिक समिति
लामो समयदेखि विवादमा फस्दै आएको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा समन्वय गर्न सरकारले एक उच्चस्तरीय प्राविधिक समिति गठन गर्ने भएको छ । उक्त समितिमा अर्थ, ऊर्जा मन्त्रालयका प्रतिनिधि रहनेछन् । यस्तै नेपाल विद्युत् प्राधिकरण, बोर्डका अधिकारीसमेत उक्त समितिमा रहने व्यवस्था गरिएको छ ।

उक्त समितिले आयोजनाले बारेमा स्पष्ट मार्ग निर्देशन गर्ने र तत्काल आयोजना अगाडि बढाउन विशेष पहल गर्नेछ । बोर्डको केही दिन पहिलेको बैठकले उच्चस्तरीय प्राविधिक समिति गठन गरेको हो । उक्त समितिले आयोजना देखिएको समस्या समाधान गरेर तत्काल परियोजना निर्माणका लागि पहल गर्नेछ ।

थ्री गर्जेज टसमस गरेन
कुल ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना लामो समयदेखि रोकिँदै आएको छ । आयोजनाका सम्बन्धमा अनेकौं खालका आशंका र विवाद रहँदै आएको छ । आयोजनाका सम्बन्धमा तत्काल काम अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई समेत निर्देशन दिएका छन् ।

तर, पछिल्लोपटक बोर्डका अधिकारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग भएको छलफल भने प्रभावकारी देखिन सकेको छैन ।

छलफलमा चिनियाँ कम्पनी थ्री गर्जेजका प्रतिनिधिले शर्तमाथि शर्त मात्रै राख्ने गरेका छन् । प्राधिकरणका एक अधिकारीका अनुसार चिनियाँ पक्षले प्रतियुनिट १५ रुपैयाँमा उक्त आयोजनाले उत्पादन गर्ने विद्युत् खरिद गर्नुपर्ने शर्त राखेको छ । उक्त शर्तअनुसार काम अगाडि बढाउन नसकिने निष्कर्षमा प्राधिकरण पुगेको छ ।

चिनियाँ कम्पनी थ्री गर्जेजले विभिन्न शर्त राख्न थालेपछि आएको समस्या समाधान गर्न सरकारले अग्रसरता लिएको हो । तर, अग्रसरतासमेत प्रभावकारी देखिन सकेको छैन ।

सरकारले आयोजना खारेज गर्ने तयारी गरेपछि चिनियाँ प्रवद्र्धक थ्री गर्जेज छलफलका लागि भन्दै नेपाल आएको थियो । उक्त टोलीले बोर्ड, प्राधिकरण र सरकारका उच्च अधिकारीसँग छलफल गरेको थियो । छलफलमा चिनियाँ अधिकारीका तर्फबाट समस्या समाधान गर्ने भन्दा पनि शर्त मात्रै राख्ने काम भएको थियो ।

आर्थिकन्यूज


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*