‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

८००० मिटरभन्दा बढि उचाई भएका हिमालको संख्या २० पुग्यो

थपिएका ६ वटै नयाँ हिमाल नेपालमै (नयाँ हिमालको नाम र उचाईसहित)

41202
  • निनाम लोवात्ती कुलुङ

shikharकाठमाडौं । विश्वमा आठ हजार मिटरभन्दा अग्लो हिमालको संख्या १४ बाट बढेर २० पुग्दैछ । यसरी विश्व पर्वतारोहण इतिहासमा थपिदै गरेको आठ हजार मिटरभन्दा अग्लो ६ हिमाल नेपालमै रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले जानकारी दिएको हो । यसरी थप भएका ती नयाँ ६ वटा हिमालहरुको नाम, उचाई, हिमाल रहेको स्थान, अक्षांश, देशान्तर आदिसहितको सूचनाहरु समेटेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती हिमालहरुलाई सूचीकृतसमेत गरेको छ भने, थप भएका ती नयाँ ६ वटा हिमालहरु पर्वतारोहीहरुका लागि खुल्ला गरिएकोसमेत पर्यटन विभागले जनाएको छ ।

विगत लामो समयदेखि नेपालका पर्यटन व्यवसायी र पर्वतारोहीहरुले यी हिमालहरुलाई मान्यता दिएर आरोहणका लागि खुल्ला गर्नुपर्ने माग राख्दै आएका थिए । थप भएका हिमालहरु रातारात उत्पत्ति भएको नभएर विगतदेखि नै स्थापित थिए । तर, हाम्रो देशले आठ हजार मिटरभन्दा माथिका ती ६ वटा हिमालहरुलाई विश्व पर्वतारोहण क्षेत्र र समुदायमा चिनाउने, प्रचारप्रसार गर्ने र, ती आठहजार मिटर माथिका हिमालहरुलाई मान्यता दिलाउनका लागि पहल लिन सकेको थिएन । अभैm पनि विश्वको पर्वतारोहीहरुको आधिकारिक संगठन ‘विश्व पर्वतारोहण महासंघ’ले भने नेपालका यी थप भएका नयाँ ६ वटा आठ हजार मिटरभन्दा अग्लो हिमालहरुलाई आधिकारिक रुपमा मान्यता दिइसकेको छैन ।

तर, यसरी विश्व पर्वतारोहण महासंघ र विश्व समुदायबाट थप भएका यी हिमालहरुलाई मान्यता दिलाउनका लागि पनि पर्यटन विभागले पहल गरेको जनाएको छ । अझ निजी क्षेत्रबाट (नेपाल पर्वतारोहण संघ)ले त यसका लागि विगत लामो समयदेखि विश्व पर्वतारोहण संघलगायत विश्वका अन्य पर्वतारोहण सँग सम्बन्धित विभिन्न संघ संस्थाहरुसँग लबिङ गर्दै आएको छ ।

विभागकाअनुसार थपिएको नयाँ ६ मध्ये २ वटा हिमाल खुम्बु हिमश्रृङ्खला, र बाकी ४ वटा पूर्व नेपालको ताप्लेजुङस्थित कञ्चनजंघा हिमश्रृंखलामा पर्दछ ।

  • नयाँ थपिएको ८ हजार मिटरभन्दा अग्लो हिमालहरु (नाम र उचाई)

१. ल्होत्से-चे मिडिल (८,४१० मि.)
२. ल्होत्से-चे सार (८,४०४ मि.)
३. यलुङकाङ (८,५०५ मि.)
४. कञ्चनजंघा दक्षिण (साउथ) (८,४७६ मि.)
५. कञ्चनजंघा मध्य (सेन्ट्रल) (८,४७३ मि.)
६. यलुङकाङ पश्चिम (वेस्ट) (८,०७७ मि.)

  • अहिलेसम्म रहेको ८ हजार मिटरभन्दा माथिका हिमालहरुः

१. सगरमाथा (८,८४८ मि.)
२. काराकोरम–२ (के–टु) (८,६११ मि.) पाकिस्तान
३. कञ्चनजंघा (८,५८६ मि.)
४. ल्होत्से-चे )८,५१६ मि.)
५. मकालु (८,४६३ मि.)
६. छो÷चो–ओयु (८,२०१)
७. धौलागिरी प्रथम (८,१६७ मि.)
८. मनास्लु प्रथम (८,१६३ मि.)
९. नांगा पर्वत (८,१२६ मि.) पाकिस्तानमा अवस्थित
१०. अन्नपूर्ण प्रथम (८,०९१ मि.)
११. गासेरब्रुम– प्रथम (८,०८१ मि.)
१२. ब्रोडपिक (८,०५१ मि.) पाकिस्तानमा अवस्थित
१३. गासेरब्रुम द्धितीय (२) (८,०३५ मि.) पाकिस्तानमा अवस्थित
१४. सिसापाङ्मा (८,०२७ मि.) चीनको स्वशासित क्षेत्र तिब्ब–नेपालको सीमा क्षेत्रमा अवस्थित

विभागको तथ्यांकअनुसार २०१६ सम्ममा अग्ला हिमालमध्ये सबैभन्दा धेरै आरोहण गर्नेमा सगरमाथामा ४८७९ जना, मनास्लुमा १३५९, ल्होत्से ५५९, धौलागिरि प्रथममा ४७८, मकालु ४७४, कञ्चनजंघामा ३४४, अन्नपूर्ण प्रथममा २६७, यालुङ काङमा ५३ र छ्यो यू मा १४ ले आरोहण गरिसकेका छन् ।

Tags: , , , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*