नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

‘हेन्डसम हंक २०१८’ मा प्रतिस्पर्धा गर्दै सोलुखुम्बुका विकास

भोटका लागि विकासको आग्रह

41209

nnnसोलुखुम्बु । काठमाण्डौमा जारी हेन्डसम हंक सिजन २ मा उत्कृष्ठता हासिल गर्न सहयोग गर्न सोलुखुम्बुका एक युवकले आग्रह गरेकाछन् । हेन्डसम हंकको उत्कृष्ट २६ मा पुग्न सफल सोलुदुधकुण्ड नगरपालिका, गार्माका विकास श्रेष्ठले उत्कृष्ट स्थान हासिल गर्न एसएमएस भोट गरेर सहयोग गर्न आग्रह गरेका हुन् ।

अडिसनमा सहभागी करिब ४ सय युवावाट २६ मा छानिएका विकासको कोड नम्बर ५ रहेको छ । दर्शकवाट बढी भोट पाउन सके विकास उत्कृष्ट बन्न सक्छन् । उनले आफूलाई भोट गर्न आग्रह गर्दै भने “मेरो कोड नम्बर ५ हो, मोबाइलको म्यासेज बक्समा गएर Hhns टाइप गरी एक स्पेश छाडेर ५ टाइप गरी ३३००१ मा सेण्ड गरेर भोट गर्न सकिन्छ ।” एनटीसी, एन्सेल, स्काई जुनसुकै मोबाइलवाट म्यासेज गरेर भोटिङ गर्न सकिने विकासले बताए ।

भोटिङ यहि मार्च ४ देखि शुरु भएको छ भने मार्च १८ तारिकसम्म भोट गर्न पाइने आयोजकले जनाएको छ । काठमाण्डौको राष्ट्रिय नाच घरमा यहि चैत्र ४ गते हेन्डसम हंकको फाइनल राउण्ड सम्पन्न हुनेछ ।
हेन्डसम हंक सिजन २ को विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुका साथै ५० हजार नगद पुरस्कार पाउनेछन् । उनलाई म्यूजिक भिडियोमा अभिनयको अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फष्ट रनरअपले २० हजार नगदका साथमा म्यूजिक भिडियोमा अभिनयको अवसर पाउनेछन् । हेन्डसम हंक २०१८ विश्व मिडियाको प्रस्तुति हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*