नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

विश्वकप क्रिकेट छनोटः तीन खेल हारेको नेपालले आज हङकङसँग खेल्ने

41212

15208185821520593878k1काठमाडौं, २८ फागुन । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।

समूहमा लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ ।

तर झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ ।

यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि प्ले अफ हुनेछ ।

उक्त प्ले अफ्मा सातौं स्थान हात पार्ने टोलीले एक दिवसीय मान्यता पाउनेछ ।

यो बाटोबाट नेपाललाई एक दिवसीय मान्यता पाउन युएई र हङकङमध्ये कम्तिमा एक टोली सुपर सिक्समा पुग्नुहुँदैन ।

जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनौटमा नेपाल पहिलो जितको खोजीमा छ ।

सुरुवाती तीन खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफ्गानिस्तानसँग हारेको नेपाल आज पहिलो जितको खोजीमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*