नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

पाइलट र एयर ट्राफिकको संवाद बाहिरिएपछि ६ कर्मचारीको ‘ड्यूटी अफ’

41241

air-3काठमाडौं । यूएस बङ्ला डास ८ जहाज दुर्घटनाको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एयर ट्राफिक कन्ट्रोलर रुम (एटीसी) मा कार्यरत ६ जना कर्मचारीलाई ‘ड्युटी अफ’ गराइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) स्रोतका अनुसार पाइलट र एटीसीबीचको संवाद बाहिरिएको विषयमा छानविनका लागि कर्मचारीलाई बिदामा पठाइएको हो ।

त्यसबाहेक आफ्नै आँखा अघि जहाज दुर्घटना देखेका ती कर्मचारीलाई रिफ्रेस गराउनका लागि पनि बिदामा राख्नु आवश्यक भएको क्यानले जनाएको छ ।

सोमबार दिउसो २:१८ बजे एयरपोर्टको धावनमार्ग भित्रै एयर बङ्लाको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा पनि ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
सोमबारसाझ देखि नै अति नै संवेदनशील मानिएको एयर ट्राफिक कन्ट्रोलर रुमका कर्मचारी र जहाजका चालक तथा सहचालकबीच भएको संवाद बाहिरिएपछि क्यानले संवाद कसरी र कसले बाहिर ल्यायो भनेर छानविन गर्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*