नेकपाले चार महिनापछि तोक्यो प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव   •   उपप्रधानमन्त्री उपेन्द्र यादबद्वारा 'टुरिजम विजनेश डाइरेक्टरी' लोकार्पण   •   नेपालमा यौनजन्य अश्लिल सामग्री प्रतिबन्ध   •   आर्थिक अनियमितता नभएको भन्दै गाउँपालिकाले गर्‍यो समाचारको खण्डन (विज्ञप्तीसहित)   •   स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई   •   संसदीय समितिका सभापतिको मनोनयन हुँदै, कुन समितिमा कसको उम्मेदवारी ?

नाट्टाद्वारा ‘यूएस बङ्गला एयरलाइन्स दुर्घटना’प्रति गहिरो दु:ख ब्यक्त

भबिष्यमा यस्तो दुर्घटना दोहोरिन नदिन आवश्यक ब्यबस्था गर्नुपर्नेमा जोड

41257

 

  • शिखरपोष्ट रिपोर्टर

काठमाडौं, २९ फागुन । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले सोमबार त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा भएको यूएस बङ्गला एयरलाइन्स दुर्घटनाप्रति गहिरो दु:ख ब्यक्त गरेको छ । नाट्टाले एक प्रेस बिज्ञप्ती जारी गरी दुर्घटनामा परी मृत्‍यु भएकाहरुप्रती श्रद्दान्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

‘हामीलाई जानकारी भएसम्म पर्यटन ब्यबसायीहरु, बङ्गलादेशमा पढेर फर्किएका नेपाली विद्यार्थीहरु र अन्य स्वदेशी तथा बिदेशी यात्रुलगायत ४९ जनाको दु:खद निधन भएको र पर्यटन ब्यबसायीलगायत अन्य घाइते यात्रुहरु काठमाडौंको बिभिन्न अस्पतालमा उपचाररत छन्’ नाट्टाका अध्यक्ष सीएन पाण्डेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘यो हृदयबिदारक दुर्घटनामा परेर निधन हुनुभएका पर्यटन ब्यबसायीलगायत सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक शान्ताप्त परिवारजनमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गहिरो समबेदना प्रकट गर्दछ । साथइ उपचाररत पर्यटन ब्यबसायीलगायत सबै घाइते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।’

भबिष्यमा यस्तो दुर्घटना दोहोरिन नदिन आवश्यक ब्यबस्था गर्नुपर्ने माग गर्दै क्षति न्युनिकरणका आवश्यक उपाय अपनाउनुपर्नेमा समेत जोड दिएको छ । पर्यटकीय सिजनको मुखमै यसरी ठुलो मानबीय क्षति हुनेगरी भएको दुर्घटनाले पर्यटन क्षेत्रसङ्गै सिङ्गो देशलाई नै बिछिप्त तुल्याएको छ ।
बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बङ्गला एयरलाइन्सको जहाज सोमबार दिउसो २:१८ बजे त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।  ४९ जनाको ज्यान गएको थियो । चालकदलसहित ७१ जना सवार रहेको सो बिमान दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो भने घाइतेहरुको अहिले बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।  aaaaaaaaa


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*