प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

सगरमाथा दिवसमा सर्बाधिक राशीको भलिबल प्रतियोगीता हुँदै

Namcheशिखरपोष्ट रिपोर्टर
सोलुखुम्बु । यस वर्षको सगरमाथा दिवसको पूर्बसन्ध्यामा खुम्बुमा सर्वाधिक पुरस्कारसहितको भलिबल प्रतियोगिता आयोजना गरिदैछ । आउदो मेको २० तारिखदेखि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नाम्चे युवा समूहद्वारा आयोजना गरिने उक्त प्रतियोगितामा विजेतालाई ५ लाख १ सय १ रुपैँया पुरस्कार दिने घोषणा गरिएको छ । पर्यटकीय क्षेत्रमा नाम्चेमा पर्यटन प्रबर्धनका लागि गर्न लागिएको प्रतियोगिताको उपविजेताले ३ लाख १ सय १ रुपैाँया प्राप्त गर्दा तेश्रो हुनेले १ लाख १ सय १ रुपैँया हात पार्नेछन् ।

उत्कृष्ट खेलाडीलाई ५० हजार १ सय १ रुपैँया पुरस्कारको घोषणा गरिएको छ । खेलकुद संयोजक लामाकाजी शेर्पाकाअनुसार यो अहिलेसम्मकै भलिवल खेलको ईतिहासमा सबैभन्दा धेरै रकम हो ।

समुहको बैठकबाट बिजेतालाई नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र समेत दिईने निर्णय गरिएको संयोजक शेर्पाको भनाई छ ।

सांस्कृतिक कार्यक्रममा लोक गायक बद्रि पंगेनी, ईण्डियन आईडल प्रशान्त तामाङ, पप गायक अभिनास घिसिङ लगायतलाई नाम्चे ल्याउने तयारी आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*