‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स   •   प्रदेश नम्बर १ मा ‘चिया पर्यटन’ बिकास गर्ने मन्त्री आङ्बोको उद्घोष   •   सांसद हेमकुमार राई (सुरबीर)ले यसरी बाँडे सांसद कोषको ४ करोड   •   उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही   •   बजार हिस्सा गुमाउँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम   •   सरकार निर्वाचनमा गरिएका प्रतिबद्धताबाट बाहिर गएको छैन : पर्यटनमन्त्री अधिकारी

तेस्रो ‘टान लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन’ प्रतियोगिता २५ अप्रिलमा हुँदै

41711
  • शिखरपोष्ट रिपोर्टर 

bg1काठमाडौँ, १६ चैत । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले तेस्रो ‘टान लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन’ प्रतियोगिताको तयारी थालेको छ । २५ अप्रिल २०१८ मा आयोजना गर्नेगरी लाङटाङ अन्तर्राष्ट्रिय म्याराथनको तयारी पारिएको टानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।

म्याराथन क्यान्जिङ गोम्पाबाट सुरु भइ स्याब्रुवेसीमा समापन हुने यस वर्षको प्रतियोगितामा स्वदेशी तथा विदेशी सहित करिब २ सय जनाको सहभागिता रहने श्रेष्ठले बताए ।

यस वर्षको म्याराथनका लागि कार्यसमिति सदस्य तथा टान स्पोर्टस् एण्ड इभेन मानेजमेन्ट डिपार्टका कोर्डिनटर रितु ग्याम्दानको संयोजकत्वमा काम अघि बढाइएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा उक्त कार्यक्रम आयोजना गर्दै आएको छ ।

पर्यटकीय क्षेत्रमा साहसिक खेलको माध्यमबाट पनि पर्यटन गन्तव्यको प्रचार प्रसार गर्न सकिने तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवर्दन गर्न सकिने अपेक्षा लिइएको छ ।

२०७२ सालको भुकम्पले ध्वस्त भएको लाङ्टाङ क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन र पर्यटन प्रवर्दनका लागि सुरु गरिएको यो लाङटाङ अन्तर्राष्ट्रिय म्याराथनलाई टानले आफ्नो वार्षिक कार्यक्रमको रुपमा राख्दै आएको छ ।

म्याराथनको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*