‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

पर्यटनमन्त्री अधिकारीले १०० दिनमा के के गर्दैछन्, हेर्नुस्:

41717
  • शिखरपोष्ट रिपोर्टर

Rabindra-adhikari-2-1024x766काठमाडौं, १६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनले सो योजना सार्वजनिक गरेका हुन् ।

मन्त्री अधिकारीले आफ्नो योजनामा त्रिभुवन अन्तर्राष्टिष्ट्रय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने विषयलाई प्राथमिकतामा राखेका छन् ।

त्यस्तै नेपाल वायु सेवा निगमको लागि ६ वटा नयाँ ट्वीनअटर विमान किन्ने, हाल निगमसँग रहेको ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गराउने विषयमा पनि मन्त्री अधिकारीको जोड देखिन्छ ।

विमान खरिदका लागि तीन महिनाभित्र प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने उनले बताएका छन् । आन्तरिक उडानलाई थप विस्तार गर्न निगमले नयाँ विमान किन्नुपर्ने उनको निष्कर्ष छ ।

आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि सन्चालनको विकल्पहरु अध्ययन गर्ने उनको योजना छ ।

अन्तर्राष्ट्रिय आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सञ्चालनमा ल्याउने तथा डोमेस्टिक टर्मिनलमा पनि एसीको व्यवस्था मिलाउनेलगायतले उनको १०० दिने कार्ययोजनमा प्राथमिकता पाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*