प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

टेनिस खेलमा पनि अब्बल रैछन प्रचण्ड

digकाठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शारीरिक व्यायामका लागि टेबल टेनिस खेल्ने गर्छन्। उनी सम्भव भएसम्म बिहान टेबल टेनिस खेल्ने गर्छन्। उनले आफ्ना सहयोगीहरूसँग टेबल टेनिस खेल्दै गरेका तस्बिर वेला वेला सार्वजनिक हुने गरेका छन्।

उनले प्रधानमन्त्री भएका वेलासमेत बिहान टेबल टेनिस खेलेका तस्बिर सार्वजनिक भएका थिए। यसअघि, लाजिम्पाटमा बस्दै आएका उनले त्यहाँ टेबल टेनिस खेल्नलाई छुट्टै ठाउँ बनाएका थिए भने अहिले ललितपुरको खुमलटारमा पनि टेबल टेनिस खेल्ने गरेको उनको सचिवालयले जानकारी दिएको छ। प्रचण्डले खेलले राष्ट्रलाई एकताबद्ध महत्वपूर्ण भूमिका खेल्ने बताउने गरेका छन्। साथै स्वस्थ रहन पनि खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने गरेकाले आफूले टेबल टेनिस खेल्ने गरेको बताउँछन्।

टेबल टेनिस खेलका फ्यान प्रचण्डले शुक्रबार अन्तर्राष्ट्रिय टेबल टेनिस दिवसको अवसरमा टेबल टेनिस एससिएसन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसरी टेबल टेनिस खेल सिकेँ भन्ने अनुभव सुनाए। प्रचण्डले आफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको र अहिले पनि टेबुल टेनिस खेल्ने गरेको अनुभव सुनाएका थिए। ‘मैले रामपुरमा बिएस्सी पढ्दै गर्दा टेबुल टेनिस सिकेको हो। र, शान्ति सम्झौतापछि मैले नियमित टेबुल टेनिस खेल्न थालेको पनि १०-१२ वर्ष हुन लाग्यो,’ उनले भने, ‘मैले प्रधानमन्त्री हुँदा पनि टेबल टेनिस खेल्न छाडिनँ। बरु, बालुवाटारमा टेबुल टेनिस खेल्ने एउटा घरै बनाएको छु।’

आफू प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उनले भने, ‘मैले टेबल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएछ। मैले टेबल टेनिस खेल्दा एसोसिएसनले पिस अवार्ड प्राप्त गरेको सुन्दा विशेष हर्ष र गर्व महसुस भएको छ।’ उनले खेलकुदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताए।

‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकताबद्ध गर्नका निम्ति पनि खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील हुन्छ’, प्रचण्डले भने, ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*