प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रोलाई अगाडि बढाउन समझदारी भयो : प्रधानमन्त्री ओली

kp_oli_pmकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संविधान कार्यान्वयनसँगै आर्थिक विकासको दिशामा अगाडि बढेको भन्दै छिमेकीको साथ आवश्यक भएको बताएका छन्।

भारतको तीन दिने राजकीय भ्रमणका क्रममा दिल्लीमा भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले नेपालको विकासका लागि छिमेकीको साथ सहयोग र साझेदारीको आवश्यकता रहेको बताए।

प्रधानमन्त्री ओलीले नेपालको जलविद्युत विकासमा भारतको निजी क्षेत्र र सरकारी क्षेत्रबाट लगानी गर्न आह्वान गरेका छन्। यसैबीच लामो समयदेखि अलपत्र रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने विषयमा समेत दुबै प्रधानमन्त्रीबीच सहमति भएको प्रधानमन्त्री ओलीले बताएका छन्।

‘राष्ट्रिय गौरवका परियोजनाहरु पञ्चेश्वर, माथिल्लो कर्णाली, अरुण तेस्रोलाई अगाडि बढाउने विषयमा हामी दुईजनाबीच समझदारी भएको छ,’ उनले भने, ‘ऊर्जाको व्यापारको क्षेत्रमा समेत हामीबीच सकारात्मक साझेदारी भएको छ।’

ऊर्जा अभावका समस्या समाधानका लागि ‘इनर्जी बैंकिङ’को क्षेत्रमा समेत छलफल भएको उनले जानकारी दिए। नेपालमा थप क्रस ब्रोडर ट्रान्समिसन लाइन विस्तार गर्ने विषयमा समेत छलफल भएको उनले बताए।

प्रधानमन्रीत ओलीले दुई देशबीच भएका सन्धि सम्झौताको पुनरावलोकनको लागि गठन भएका इपीजीको कामको बारेमा समेत समीक्षा भएको जानकारी दिँदै सुझाबहरु भविष्यमा दुई देशबीचका सन्धी सम्झौताको पुनरावलोकनका लागि कार्यान्वयन गरिने समेत बताए।

प्रधानमन्त्री ओलीले नेपाललाई समुन्द्रसँग जोड्न सहयोग गर्ने प्रधानमन्त्री मोदीको प्रतिवद्धतालाई धन्यवाद दिए। त्यस्तै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासका लागि भारतको अनुभव र सहयोग नेपालका लागि आवश्यक रहेको समेत बताए। भौगोलिक सहजाताका कारण पनि दुई देशबीचको साझेदारीलाई थप उचाइमा पुराउनुपर्ने उनले बताए।

भूकम्प पछिको पुनःनिमार्णमा भारतले चलाइरहेका परियोजनाहरुलाई समयमा पूर्णता दिने विषयमा दुई प्रधानमन्त्रीबीच छलफल भएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिए।

क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउनका लागि क्षेत्रीय संगठनलाई समेत थप सक्रिया पार्दै लैजाने विषयमा छलफल भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*