प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता शुरु, पूर्वाञ्चलका १६ मध्ये १५ जिल्लाको सहभागिता

a73a3d0a-0627-366e-942c-2aab23c0d699_1523109212सोलुखुम्बु, २४ चैत्र । प्रदेश नम्बर १ स्तरीय क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबारदेखि शुरु भएको उद्घाटन पूर्व खेलकुदमन्त्री तथा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पुरुषोत्तम पौडेलले उद्घाटन गरेका हुन् ।

प्रतियोगिता उद्घाटन गर्दै पौडेलले खेल क्षेत्रमा सरकारी लगानी चाहे अनुरुपको नभएको बताए । उनले खेल क्षेत्रले मुलुकको शीर उच्च बनाएपनि खेल क्षेत्रको विकासका लागि स्पष्ट सरकारी योजना र ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिए । उनले खेल क्षेत्रलाई प्राथमिकतामा राख्न स्थानीय तहहरुलाई आग्रह समेत गरे ।

उद्घाटन समारोहमा बिशिष्ट अतिथिको आसनवाट बोल्दै नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि ध्यान दिने बताए । उनले सोलुखुम्बुको खेल क्षेत्रको विकास लागि आफ्नो पहल रहने समेत बताए ।

पूर्वाञ्चल खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको संयोजनामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डि.बी. रानापालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा राष्ट्रिय खेलकुद परिषका प्रथम महिला सदस्य सचिव सकुन्तला नगरकाटी, चर्चित खेलाडी संगिना बैद्य र योङ्ग स्टार क्लव सोलुखुम्बुका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ रहेकाछन् । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको हो ।

सोही अवसरमा नै मार्सल सेल्फ डिफेसन्सका प्रशिक्षक एवं कराते खेलाडी सञ्जु महर्जन, ङवाङ केसाङ लामा र अर्जनु रोक्कालाई समेत सम्मान गरिएको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा पूर्वाञ्चलका १६ मध्ये १५ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।

solukhumbusamachar.com photo – Nutan Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*