‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

जलमार्गले नेपाल जोडिदिने मोदीको उदघोष: सगरमाथाको फेदसम्म समुद्र

41937

Nepaliप्रधानमन्त्री केपी शर्मा ओलीसँग सपना बाँड्ने काइदा छ । समुद्रमा पानी जहाज चलाउनेदेखि घरघरमा ग्यास पुर्याउने उनका भाषणी योजना निकै चर्चामा छन् । ओलीको वाकपटुता जस्तै उनका भारतीय समकक्षी नरेन्द्र मोदी पनि कम देखिएका छैनन् ।

मोदीले तीन वर्षअघि नेपाल आएर एक वर्षभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण सुरु हुने घोषणा गरे । त्यसयता नेपाललाई सहयोग उनका अनेक भाषण चर्चामा आइरहे । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा पनि मोदीले नेपाललाई सपना देखाए । उनले ओलीले भनेझैँ समुद्री मार्ग हुँदै नेपालसम्म पानीजहाज पुर्याउने र यसलाई सगरमाथाको फेदसम्म विस्तार गर्ने बताए । ओली तीन दिने (चैत २३ देखि २५) भारत भ्रमणमा छन् ।

शनिबार नयाँ दिल्लीस्थित हैदरावाद पावसमा संयुक्त पत्रकार सम्मेलन गर्दै ओली र मोदीले करिब एउटै बोली बोले । ‘ओली जीले विगतदेखि बोल्दै आएको जलमार्गबाट पनि हामी नेपालसँग जोडिन चाहन्छौं,’ मोदीले भने । यसैगरी, दुई देशको आर्थिक विकासमा ऊर्जा तथा जलविद्युत, पूर्वाधार निर्माणमा सहकार्य गर्ने बताए । नेपालका हरेक योजना र समस्यामा भारतले सहयोगी भूमिका निर्वाह गर्ने मोदीको भनाइ थियो ।

नेपाल लगानीका लागि खाली ठाउँ भएको भन्दै भारतीय कम्पनीलाई आग्रह गरे । मोदीले सगरमाथाको देश नेपाललाई सागरले जोड्ने कुरा दोहोर्याए । नेपालमा लगानी बढे यसले दुवै देशलाई फाइदा पुग्ने ओलीको भनाइ थियो । यसक्रममा मोदीले नेपाल ‘ल्यान्डलक’ (भूपरिवेष्ठित) देश नरहेको भन्दै छिट्टै जलमार्गले जोड्न सकिने बताए ।

urjakhabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*