प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

सोलु दुधकोशी आयोजना (८६ मे.)ले आइपिओ जारी गर्ने तयारी

hydro-solududhkosi_solu_santoshसन्तोष राउत/सोलुखुम्बु । स्वदेशी निजी क्षेत्रको लगानीबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलुदुुधकोशी जलविद्युत आयोजनाले आइपिओ शेयर जारी गर्ने भएको छ । आयोजना निर्माणकर्ता कम्पनी साहास उर्जा लिमिटेडको बार्षिक साधारण सभाले आईपिओ जारी गर्ने निर्णय गरेको हो ।

सोलुखुम्बुको तिङलाबाट सुरुङ मार्गमार्फत पञ्चनको मैकुबेशी जलप्रवाह पुर्‍याएर निर्माण गरिने आयोजनाले स्थानीय तथा सर्वसाधारणलाई शेयर जारी गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिनुभयो । जम्मा ६० प्रतिशत संस्थापक शेयर र बाँकी साधारण शेयर वितरण हुनेमा साधाराण शेयरको १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीयले मात्र पाउने र २० प्रतिशत शेयर सर्वसाधारणलाई प्रदान गर्ने अध्यक्ष पाठकले बताउनुभयो ।

सबै भन्दा कम लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड लागत रहेको छ भने आयोजनाले वार्षिक ४०९.४५ गिगावाट आवर विद्युत उत्पादन गर्ने छ । यसमध्ये सुख्यायाममा १०१ प्रतिशत र बाँकी बर्षायाममा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाईएको आयोजनाको अहिले शुरुङ निर्माणको काम शुरु भएको छ ।

हाइड्रो भेन्चर प्रालिले साहस उर्जाको शतप्रतिशत लगानीमा निर्माण गर्न लागेको ८६ मेगावाटको जलविद्युत् आयोजनाले अति प्रभावित गाविसका रुपमा सल्यान, पञ्चन, नेचाबेतघारी, कांगेल र तिङ्ला गरी पाँच गाविसका स्थानीयलाई अघिल्लो वर्ष प्रतिघर न्यूनतम १० हजार रुपियाँदेखि अधिकतम २० हजार रुपियाँसम्मको संस्थापक शेयर वितरण गरिसकेको छ ।

आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैङ्कको नेतृत्वमा ११ बैङ्क तथा वित्तीय संस्थाले आठ अर्ब ६५ करोड रुपियाँ (७३ प्रतिशत) ऋण लगानी सम्झौता भएको छ । जसमा इन्भेष्टमेन्ट बैङ्कको एक अर्ब ५० करोड रुपियाँ ऋण लगानी रहने आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को ९० करोड तथा राष्ट्रिय वाणिज्य, कृृषि विकास, एनसीसी, सेन्चुरी कमर्सियल, सानिमा, एनआईसी एसिया, र सनराइज विकास बैङ्कको ७५/७५ करोड लगानी रहने यस्तै, प्रभु र सिभिल बैङ्कको ५०/५० करोड ऋण लगानी रहने छ भने आयोजनामा २७ प्रतिशत सेयरधनीबाट तिन अर्ब २१ करोड लगानी हुने आयोजनाले जनाएको छ ।

२०७७ को असोजभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको आयोजनामा ४.५ किलोमिटर लामो सुरुङ निर्माणको काम सुरु भएको छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) समेत गरिसकेको छ । आयोजनाबाट उत्पादित विजुली १०.५ किलोमिटर लामो डबल सर्किट प्रशारण लाइनमार्फत तिङ्ला गाविसको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।

source by himshikhar

Comments are closed.