‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

सोलुखुम्बुका मिङ्मार लामासहित १५ एआइजीहरुले अवकाश लिदै

41988

aig-mingma-lamaकाठमाडौं, २८ चैत : आज बुधबार मध्यरातबाट नेपाल प्रहरीका १५ जना एआइजीहरुले अवकाश हुँदैछन् । ३० वर्षे सेवा अवधिका कारण १५ जना एआइजीसहित  नौ जना डिआइजी र दुई जना एसएसपी गरी जम्मा२८ उच्च प्रहरी अधिकृत अवकाश पाउन लागेका हुन् ।

अवकाश हुन लागेका एआइजीहरुमा मिङ्मार लामा, जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मधु पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायष्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, पशुपति उपाध्याय रहेका छन् ।

त्यसै डिआइजीहरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी रहेका छन् । उनीहरुसँगै दुई एसएसपी पनि अवकाश पाउँदैछन् । १५ जना एआइजीले अवकाश पाएसँगै नेपाल प्रहरीमा एक जना मात्र प्राविधिकतर्फका एआइजी रहेको प्रहरी मुख्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*