अमेरिकी कर वृद्धिको जवाफ चीनले यसरी दिंदैछ   •   १९ अर्बमा बन्ने भयो ११० मेगावाट क्षमताको दुधकोशी–५ जलविद्युत आयोजना   •   माप्य दुधकोशी गाउँपालिका अध्यक्षको हातबाट ‘रोख्तोकाम्’को लोकार्पण (फोटो फिचरसहित)   •   नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक मदन खरेललाई सञ्चालक समितिमा नियुक्त   •   नाङ्गो आँखाले सगरमाथा हेर्न चाहानुहुन्छ ? भर्जिन गन्तव्य पत्ताले डाँडाँ पुग्नुस्:   •   कुमार प्रयासको स्वर र गौरब राईको संगीतमा बनेको 'प्रवेश निषेध' यूट्युमार्फत सार्वजनिक (भिडियोसहित)

‘रारा–कर्णाली पर्यटन वर्ष’का लागि ३९ लाख रुपैयाँ विनियोजन

प्रधानमन्त्री ओलीको उपस्थितिमा रारामा कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक बस्ने

42027

rara-karnali-mahotsabकर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन समारोहका लागि रु ३९ लाख बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आवश्यक तयारी र प्रचारप्रसारका लागि उक्त बजेट विनियोजन गरेको हो ।

कर्णाली प्रदेश सरकारले २०७५ सालमा कर्णाली प्रदेशका १० जिल्लामा पर्यटन वर्ष घोषणा गरेको छ ।

पर्यटन वर्षको मुगुको रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले १ वैशाखमा उद्घाटन गर्नेछन् । राराबाटै प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।

१ वैशाखमै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रारामा कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक पनि बस्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*