'मिस टुरिजम–२०१८' भदौ २ गते हुँदै   •   पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी   •   विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते

ग्रेटर लुम्बिनीका लागि ‘अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०१८’: पर्यटनमन्त्री अधिकारी

प्रधानमन्त्रीको अध्यक्षतामा ५६२ सदस्यीय मुल समारोह समिति गठन

42032
  • शिखरपोष्ट रिपोर्टर

lumbiniकाठमाडौं, २९ चैत्र । नेपाल सरकारले २५६२औं बुद्ध जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०१८ आयोजना गर्ने भएको छ । गत फागुन २८ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आउँदो बैशाख १५ देखि १७ गतेसम्म बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागिएको बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बुद्धको जन्मस्थान लुम्बिनीका साथै बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्ष रुप्मा सम्बन्ध रहेका रुपन्देही, कपिलबस्तु तथा नवल परासी जिल्लाका विभिन्न पुरातात्विक तथा धार्मिक स्थलहरुका साथै बुद्धका उपदेशहरुको प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजन गर्न लागिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीले गे्रटर लुम्बिनीका लागि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने बताए । यस वर्षको बुद्ध जयन्ती तथा बौद्ध सम्मेलन परम्परागत निरन्तरतामात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट मुलुकलाई सम्बृद्ध बनाउने आधार तय गर्नेगरी आयोजना गर्न लागिएको भन्दै मन्त्री अधिकारीले यसबाट दीगो पर्यटनमा योगदान पुग्ने विश्वाससमेत दिलाए ।

पर्यटन प्रवद्र्धन र विकासका लागि सरकार नयाँ ढंगबाट अघि बढिरहेको भन्दै उनले नेपाल घुम्ने पर्यटकको संख्यात्मक बृद्धिसँगै उनीहरुको बसाई लम्ब्याउने वातावरण निर्माण गरिने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा आयोजना गर्न लागिएको उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदासम्बन्धि प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरुबाट १३ वटा उपशिर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ र ती कार्यपत्रहरुको निष्कर्षको रुपमा लुम्बिनी सम्मेलन घोषणा २०१८ जारी गरिने छ ।

सम्मेलनमा १५ मुलुकका संस्कृति तथा धार्मिक मामिलामन्त्रीहरु, २३ मुलुकका राष्ट्रिय बौद्ध संघसंस्थाहरु, विभिन्न मुलुकका उच्च पदस्थ प्रतिनिधिहरु, विदेशमा रहेका प्रतिष्ठित÷प्राज्ञिक प्रतिष्ठानहरु, बौद्ध गुम्बा, बौद्ध संघसंस्थाका रिम्पोछे, बौध धर्म गुरु, भिक्षु/भिक्षुणीहरुको सहभागिता रहने जनाइएको छ ।

बैशाख १७ गते पूर्णिमाको दिन बुद्ध जयन्ती तथा लुम्बिनी दिवशको अवसरमा देशविदेशका विशिष्ट व्यक्तित्वहरु, प्राज्ञहरु तथा स्थानीय नागरिकहरुको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्ध जयन्ती मनाइने छ ।

कार्यक्रमलाई सफल पार्नका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ५ सय ६२ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । त्यस्तै सम्मेलनलाई भव्यताका साथ सफल बनाउनका लागि लुम्बिनी विकास कोषका उपाध्यक्षको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि र विज्ञ सम्मिलित २२ सदस्यीय व्यवस्थापन समिति तथा मुल समारोहसमितिमातहत विभिन्न विषयगत १८ वटा उपसमितिहरुसमेत गठन गरिएको छ ।

लुम्बिनी विकास कोष, सम्पर्क कार्यलय काठमाडौंका प्रमुख ज्ञानिन राईकाअनुसार कार्यक्रम तयारीको क्रममा अहिलेसम्म कोषको सम्पर्क कार्यलय बबरमहल, काठमाडौंमा २५६२औं बुद्ध जयन्ती सससमारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको सचिवालय स्थापना गर्नुका साथै लागो डिजाइन तथा सचिवालयको छाप र लेटरप्याड निर्माण तथा १५ मुलुकका संस्कृति तथा धार्मिक मामिलामन्त्रीहरुलाई निमन्त्रणा पठाउने काम भएको छ ।

त्यसैगरी २३ देशका राष्ट्रिय स्तरका बौद्ध संघसंस्थालाई नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाइएकोमा केही अन्तर्राष्ट्रिय बौद्ध प्रतिनिधिहरु र नेपालस्थित राजदुतहरुले कार्यक्रममा सहभागिता जनाउने निश्चित भइसकेको छ भने लुम्बिनी क्षेत्रको सरसफाई, कार्यपत्र प्रस्तुत गर्नका लागि १२ मुलुकका १७ जना विदेशी स्कोलरहरुको टुंगो लागिसकेको छ । कार्यक्रमको लागि वेभसाइट, फेसबुक पेज, जिंगल तथा टिभसी तयार भइसकेको छ र यस सम्बन्धि विस्तृत जानकारी मा हेर्न सकिने जनाइएको छ ।lumbini3lumbini2


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*