'मिस टुरिजम–२०१८' भदौ २ गते हुँदै   •   पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी   •   विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते

महालेखा परीक्षकको ५५ औं प्रतिवेदन भन्छ: ‘७ सय ३८ स्थानीय तहको १४ अर्ब’

42052

00काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ५५ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त वार्षिक प्रतिवेदन राष्ट्रपति समक्षसमेत पेश गरिएको छ ।

२०७४ आषाढ मसान्तमा कायम ७ सय ४४ स्थानीय तह मध्ये ७ सय ३८ स्थानीय तहको १ खर्ब ८० अर्ब ३१ करोडको लेखापरीक्षण सम्पन्न भएकोमा १४ अर्ब २५ करोड बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । उत्तः बेरुजु मध्ये असुल गर्नुपर्ने ७० करोड, अनियमित ७ अर्ब ४७ करोड, पेश्की बाँकी ६ अर्ब ८ करोड रुपैयाँ देखिएको महालेखा परीक्षक टंकमणी शर्माले बताए ।

उनले लेखापरीक्षण योजना अनुसार ३०७३।७४ को लेखापरीक्षण ३ चरणमा सम्पन्न गरेको बताए । महालेखापरीक्षक शर्माकाअनुसार सबै सरकारी कार्यालय र स्थानीस्य तह समेतको २०७४ श्रावण १५ देखि प्रथम चरण अन्तर्गत काठमाडौं उपत्यका सहित १३ जिल्ला दोस्रो चरणमा ३४ जिल्ला र तेस्रो चरणमा २७ जिल्लाको लेखा परीक्षण सम्पन्न गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*