‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

संचारकर्मी श्रेष्ठको सोलुखोला तरेर आज सार्वजानिक

42055
  • शिखरपोष्ट रिपोर्टर

5सोलुखुम्बु, ०१ बैशाख । सोलुखुम्बुका पत्रकार एवं संचारकर्मी नुतन श्रेष्ठको सोलुखोला तरेर आज बोलको गीत सार्वजानिक भएको छ । आज शनिबार सल्लेरीमा आयोजित एक समारोहबीच प्रदेश नं. १ का सांसद एवं नेकपा एमाले प्रदेश नं. १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले गायक श्रेष्ठको सो गीत सार्वजानिक गर्नुभएको हो ।

गीतको लिरिकल भिडियो सार्वजानिक गर्दै सांसद राजभण्डारीले पर्यटकीय जिल्लाको पहिचानमा यस गीतले एउटा अर्को ईट्टा थपेको जिकिर गर्नुभयो । दार्जिलिङ्गका स्वर्गीय सुधिर प्रधानले रचना गर्नुभएको गीतमा जसिहाङ्ग राईको संगीत तथा गोपाल रसायलीको संगीत संयोजन रहेको छ ।

१२ बर्षभन्दा बढी समयदेखि संचारकर्ममा निरन्तर लागिरहनु भएका गायक श्रेष्ठले गीतकार स्वर्गिय प्रधानको सम्झनामा यो गीतगाउनु भएको बताउनुभयो । संगितश्रष्टाप्रतिको सम्मान र मोहको संयोजनले आज यो गीत बनेको भन्दै गायक श्रेष्ठले गीत सुनेर सहयोग गरिदिन आग्रह गर्नुभयो । प्रदेश नं. १ कै पहिलो सामुदायिक रेडियो सोलु एफएमका कार्यकारी निर्देशकसमेत रहनुभएका श्रेष्ठले सोलुखुम्बु आएका पाहुनालाई आफ्नो भ्रमणको पुनर्ताजकी गराउन यो गीत सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पहिलो शुरुवात भएकाले यसबाट आएका सल्लाह सुझावलाई आत्मसात गर्दै आगामी दिनमा पनि गीत संगीतका क्षेत्रमा नयाँ उपहार लिएर आउने गायक श्रेष्ठको लक्ष्य छ । गीत सार्वजानिक कार्यक्रममा जिल्लास्तरीय बिशिष्ट ब्यक्तित्व, जनप्रतिनिधिलगायत अन्यको उपस्थिति रहेको थियो ।

गाउँले ईन्टरटेनमेन्टको सहयोगमा निर्मित यस गीतको लिरिकल भिडियो गाउँले इन्टर टेन्टरटेनमेन युट्युव च्यानलमार्फत हेर्न सकिनेछ ।

1 2 3 4


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*