'मिस टुरिजम–२०१८' भदौ २ गते हुँदै   •   पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी   •   विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते

गायिका मिना राईको ‘डिम्पल मायालु’ यूट्युबबाट सार्वजनिक (भिडियोसहित)

42066
  •  शिखरपोष्ट रिपोर्टर

minaकाठमाडौं, २ बैशाख २०७५ । गायिका मिना राईको डिम्पल मायालु गीतको म्यूजिक भिडियो सुम्निमा क्रिएसन यूट्युबमार्फत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७५ सालको पहिलो दिन अर्थात बैशाख एक गतेको दिन गाउँले इन्टरटेनमेनट कक्षबाट सो गीत सार्वजनिक गरिएको हो ।

वीन ब्रो लक्षुमण गुरुङको शब्द तथा बरिष्ठ संगीतकार शान्तिराम राईको संगीत रहेको उक्त गीतमा गायिका राईले स्वर दिएकी हुन् । भर्जिन भोइस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज भने धिरज श्रेष्ठले गरेका हुन् ।

गायिका मिना राई, छमछमी सिजन ३ की फष्ट रनरअप मनिता राई र रुपकराज राईले मोडलिङ रहेको म्यूजिक भिडियोको छिरिङ लामा ह्वोल्मो र देबराज गुरुङ निर्देशन गरेका हुन् भने विक्रम गौतमले श्रृंगार गरेका छन् । भिडियो सुटिङ धुलिखेलमा गरिएको हो ।

गाउँले इन्टरटेनमेन्ट प्रालिको पोष्ट प्रोडक्सनमा निर्मित उक्त म्यूजिक भिडियोको इडिटिङ भिडियो एडिटर गंगाराम राईले गरेका हुन् ।

फेसबुक लाइभसमेत गरिएको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा गायिका राईले सबैको सदासयता र मायाले गर्दा नयाँ वर्षको रुपमा कोशेलीको रुपमा डिम्पल मायालु ल्याउन सफल भएको बताइन् । नयाँ वर्षको २०७५ को शुभकामना दिदै उनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग र सदभाव राख्ने सबैप्रति एकमुष्ट धन्यवादसमेत व्यक्त गरिन् ।mina 2 mina1 mina3


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*