प्रकाश खालिङद्धारा प्रेम कुलुङको लागि टर्कीबाट आएको साढे २१ हजार रकम हस्तान्तरण   •   ओलीको घोषणा : एमाले-माओवादी एकता हुन्छ-हुन्छ, हामी फुटने र कांग्रेसलाई लाभ हुने काम अव हुन सक्दैन   •   शिखरपोष्टको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न   •   नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको अध्यक्षमा पुनः प्रकाशसिङ कार्की निर्वाचित   •   टिम्स छल्दै भारतीय पर्यटक, वर्षमा ३ करोड राजस्व घाटा   •   सगरमाथासहित तीन हिमालको आधार शिविरमा ३८३ आरोही, ७७ जना जाँदै

नेपाल–भारतको ऊर्जा सचिवस्तरीय ५ औं बैठक नयाँ दिल्लीमा हुँदै

दोस्रो अन्तरदेशीय प्रसारण लाइनकाे डिपिआर अनुमोदन हुने

1468233319nepal-india-flageकाठमाडौं । नेपाल–भारत विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन तथा सहजीकरण गर्ने दुवै देशका ऊर्जा सचिवस्तरीय (जेएससी) ५ औं बैठक नयाँ दिल्लीमा हुँदैछ । बैशाख ३ र ४ गते हुने बैठकअन्तर्गत ३ गते सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लूजी) को बैठक बस्नेछ ।   यसले अन्तिम रूप दिएका मुद्दा तथा विषयमा छलफल गरी सचिवस्तरीय बैठकले टुंगो लगाउनेछ ।

बैठकका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय, सहसचिव दिनेशकुमार घिमिरे, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्दशक कुलमान घिसिङसहितको टोली आइतबार दिल्ली गएको छ ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा ‘इनर्जी बैंकिङ’ बारे पनि छलफल हुने बैठकमा दोस्रो अन्तरदेशीय ४ सय केभी प्रसारण लाइन (न्यूबुटवल–न्यूगोरखपुर) तथा इनर्जी बैंकिङ मुख्य एजेन्डा तय गरिएको छ । दोस्रो बैठकले प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने जिम्मा ‘पावर ग्रिड अफ इन्डिया’ लाई दिएको थियो ।

दुवै देशमा पर्ने प्रसारण लाइनको दुरी आ–आफ्नै तरिकाले निर्माण गर्नेबारे यसअघि छलफल भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी लाइन पनि यही प्रावधानमा निर्माण गरिएको थियो । उक्त प्रसारण लाइन अनुदानमा निर्माण गरिदिन सरकारले आग्रह गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताएका छन् ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भएपछि बर्खामा बढी हुने अनुमान गरिएको छ । यसरी बढी हुने विद्युत भारतलार्इ दिएर हिउँदमा ल्याउने गरी बैंकिङकाे कुराकानी हुँदैछ ।

नेपाल-भारतबीच २०७१ कात्तिक ४ गते पिटिएमा हस्ताक्षर भएकाे थियाे ।
जेएससीको चौथो बैठक २०७३ फागुन २ र ३ गते काठमाडौंमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*