जिपी फाउण्डेशन सोलुखुम्बुद्धारा विरामीलाई फलफूल तथा कैदीहरुलाई पुस्तक र खेलकुद सामाग्री वितरण   •   २६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट   •   ब्याजदर तलमाथि गर्ने कोशिस नर्गन अर्थमन्त्रीको चेतावनी   •   बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न बहस   •   अख्तियारका असइ अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर   •   पोखराका दुई प्याराग्लाइडिङ कम्पनी बन्द

शेर्पा युवाहरुलाई लक्षित पत्रकारिता तालिम

42091

fffकाठमाडौं । शेर्पा युवाहरुलाई लक्षित गरी एकहप्ते आधारभूत पत्रकारिता तालिम आयोजना हुने भएको छ । शेर्पा पत्रकार संघ नेपालले उक्त तालिम आयोजना गर्न लागेको हो ।

२०७५ वैशाख पहिलो हप्ताबाट हुने तालिममा राष्ट्रिय दैनिकहरुमा कार्यरत पत्रकारहरुले प्रशिक्षण दिने तालिम संयोजक सार्की शेर्पाले जानकारी दिए । काठमाडौंको बौद्धमा सञ्चालन हुने तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिने जनाएको छ ।

तालिममा सहभागि हुन चहानेले पाँच सय रुपैयाँ शुल्क बुझाएर फारम भर्नुपर्ने प्रावधान राखिएको संघका पासाङ शेर्पा छेल्हमुले जानकारी दिइन् ।

शेर्पा पत्रकार संघले आफ्नो बार्षिक कार्यक्रम कै रुपमा नियमित रुपमा तालिम, सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*