‘सोलुखुम्बु आउनु है हजुर’लाई भ्रमण वर्ष २०२० को अफिसियल गीत बनाउने पर्यटनमन्त्री अधिकारीको घोषणा   •   अर्जुन खालिङ स्मृतिग्रन्थ लोकार्पणसँगै अर्जुन चिन्तन र आन्दोलनमाथि बहस   •   नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठक   •   नुवाकाेटकाे घ्याङ्फेदी दुर्घटनाः घटनास्थलमै मृतकहरूकाे पाेष्टमार्रटम   •   यसरी बने सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता   •   इम्जा तालको लम्बाई बढ्दै, गुगल अर्थको तस्बिरमा अवस्था सामान्य

ओली–प्रचण्डबीचको वान टु वान वार्ता: के के भए निर्णयहरु हेर्नुस्

42100

uml_moist_ekata_HZRkw1P9IAकाठमाडौं– एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ ।

दुई नेताको २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ । नेताहरुबीच एकतामा देखिएका विवादबारे छलफल भएपनि कुनै सहमति हुन नसकेको बताइएको छ ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको बताए ।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

यसअघि यी विषयमा कार्यदलस्तरमा सहमति नजुट्दा शीर्ष नेतालाई सहमति गर्ने जिम्मेवारी दिइएको थियो । तर, विवादित विषयमा ओली र प्रचण्डबीच छलफल नै हुन सकेको थिएन । जसले गर्दा एकतामा अन्यौल थपिदै आएको थियो । यहि अन्यौल चिर्न दुई नेताबीच सोमबार वान टु वान वार्ता भएको हो ।

सोमबारको दुई नेताबीचको छलफलपछि पार्टी एकतामा ‘बे्रक थु्र’ हुने माओवादी नेता अग्नी सापकोटाले बताए ।

नेतहरुबीच एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यी बनाउनेमा सहमति भएपनि कुन पार्टीबाट कति जना रहने भन्ने मिलाउन कठिन छ । माओवादीमा झण्डै ४५ सय केन्द्रीय नेता छन् । ‘पार्टी एकताबारे कार्यदलस्तरमा सहमति भएका र नभएका विषयमा समेत शीर्ष तहमा झण्डै दुई सातायता छलफल हुन सकेको थिएन । जसले एकता प्रकृयामै प्रश्न उठन लागेको अवस्थामा दुई नेताबीचको भेटवार्ताले अर्थ नराख्ने कुरा नै हुदैन’ नेता सापकोटाले भने ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबारको वान टु वानपछि मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यहि बैठकमा सहमतिको प्रयास हुने एमाले नेता सुवास नेम्वाङले बताए ।
यसअघि आइतबार अध्यक्ष प्रचण्ड सुकुटे गएपछि प्रधानमन्त्री ओली र माअ‍ेवादी नेता नारायकाजी श्रेष्ठबीच बालुवाटारमा पार्टी एकतामा देखिएका विवादबारे छलफल भएको थियो ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् । दुवै दलले अधिकांश बिषयमा सहमति बनिसकेको दाबी गरेपनि नेताहरुको व्यवस्थापन र निर्वाचन चिन्ह र जनयुद्ध शव्दमा कुरा नमिल्दा पछिल्लो समय एकता समितिको बैठक नै बस्न सकेको थिएन । ratopati.com

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*