'मिस टुरिजम–२०१८' भदौ २ गते हुँदै   •   पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने सरकारको तयारी   •   विश्व बैंक २३ वर्षपछि पुनः अरुण बेसिनमा प्रवेश गर्न खोज्दै, माथिल्लाे अरुणमा चासाे   •   प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट   •   साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स   •   रुकुममा जीप दुर्घटना : ७ जनाको मृत्यु, ४ घाइते

ठमेल, लेकसाइड, सौराह र लुम्बिनीलाई २४ सै घण्टा खुलाउन संगठनको माग

42106
  • शिखरपोष्ट रिपोर्टर 

30707897_1717274551698375_6986478302307287040_nकाठमाडौं, ३ बैशाख २०७५ । पर्यटन क्षेत्रको समग्र विकास, प्रवद्र्धन तथा आगामी रणनीतिका लागि नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विभाग र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारलाई आफ्ना मागसहित सुझाव पेश गरेको छ ।

विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको टोलीले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटी सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि राष्ट्रियस्तरका २४ र प्रदेश तहका १४२ वटासहित १६५ वटा सुझाव र माग बुझाएको हो ।

दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय स्थापनाको आवश्यक प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने, पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिन पर्यटनमैत्री नीति निर्माण गरिनुपर्ने माग गरिएको छ ।

यस्तै, काठमाडौँको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा र लुम्बिनीमा २४ घण्टा नै पर्यटकीय गतिविधि खुला गरिनुपर्ने तथा काठमाडौँलाई धुलो र प्रदूषणमुक्त बनाउन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल–निजगढको निर्माण कार्य शीघ्र अघि बढाई निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडो पूरा गरेर भारत र चीनका विभिन्न शहरमा सिधै हवाई उडानको व्यवस्था मिलाउन सुझाव पत्रमा भनिएको छ ।

साथै, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई प्रभावकारी तुल्याई उपयुक्त नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनलाई जोड दिई सम्पदा पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने सुझाइएको छ ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा खुला गरी अन्तर्राष्ट्रिय उडान व्यवस्थापनलाई सहजीकरण गरिनुपर्ने मागपत्रमा जनाइएको छ ।

मागसहितको सुझावपत्र ग्रहण गर्दै पर्यटनमन्त्री अधिकारीले प्राप्त सुझावलाई अध्ययन गरी कार्ययोजना बनाएर पेश गर्न सम्बन्धित महाशाखालाई आजै निर्देशन दिने बताए ।

कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रले दिएको योगदानलाई कम्तीमा २५ प्रतिशत पु-याउन र पर्यटनमा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै यो लक्ष्यमा पुग्न निजी क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य भएको उनको भनाइ थियो ।

पर्यटनमन्त्री अधिकारीले न्यूनतम पर्यटकीय पूर्वाधार विस्तारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै पर्यटन प्रवद्र्धनका लागि प्रदेश र स्थानीय सरकारसँग साझेदारी गरिने उल्लेख गरे ।

उनले सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र आगामी आर्थिक वर्षभित्र ८० प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई पूर्ण क्षमताका साथ सञ्चालन गरिने र त्यसमा केही कमजोरी देखिए कारबाहीको दायरामा ल्याइने अठोट व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले पर्यटन बिभाग प्रमुख सुर्य थापा, संगठनका अध्यक्ष मदनकुमार आचार्य। निबर्तमान अध्यक्ष चन्द्र रिजाल, उपाध्यक्ष घनेन्द्र श्रेष्ठ, महासचिब पूर्ण कुवर, सचिव टिकाराम गुरुङ, मदन भण्डारीलगायतका पदाधिकारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*