डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक खटाउँछौं : लालबाबु

42150

lalbabu_panditविराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वैच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वैच्छिक अवकाश हाललाई स्थगित गरेको बताए ।

मन्त्री पण्डितले कर्मचारी स्वैच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै कर्मचारीले खटाएको कार्यालयमा गई जनताको सेवा गर्नुपर्नेमा जोड दिए ।

उनले दक्ष र अनुभवी कर्मचारीको सहयोगबाट नै मुलुकको आर्थिक समृद्धिको अभियानमा सफल हुने बताए ।

मन्त्री पण्डितले स्थानीय निकायमा कर्मचारीको कमीका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको बताउँदै दक्ष र अनुभवी कर्मचारीलाई स्वैच्छिक अवकाश दिने पक्षमा सरकार नभएको स्पष्ट पारे ।

उनले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका एक हजार २५० कर्मचारीले निवृत्तीभरण भइसकेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*