जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

प्रधानमन्त्रीलाई काम गरेर देखाउन प्रशस्त अवसर छ, सक्नुभएन भने अरुलाई दोष लाउने ठाँउ छैन – कार्की

42176

94cbe409-5406-39ec-96e9-8dc4264d2b69_1523514295प्रकाश सिंह कार्की अध्यक्ष फ्रेट फ्रवार्डस एसोसियसन, केन्द्रीय सदस्य उवा महासंघ

फ्रेट फ्रवार्डसका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रकाश सिंह कार्की एक सफल व्यवसायीका रुपमा परिचित छन् । उनले मूनाफा  कमाउने व्यवसाय मात्रै गर्दैनन् राज्यका नीति नियम निर्माण गर्ने तहसम्म आवश्यक पर्ने सहयोगीको भूमिका निभाउन समेत तल्लिन रहन्छन् । प्रधानमन्त्री ओलीसँगै भारतको राजकीय भ्रमणमा उद्योग वाणिज्य महासंघको तर्फबाट प्रतिनिधित्व गर्दै भारत गएका थिए व्यवसायी कार्की । अहिले उक्त भ्रमणको मुख्य चर्चामा रहेको जलमार्गको बारेमा उनले गएको कात्तिकमै एउटा प्रतिवेदन तयार पारेर राज्यका सरोकारवालाहरुलाई बुझाईसकेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको भारत भ्रमणमा यही बिषयले उल्लेख्य चर्चा पाएको तथा नेपाल भारत दुबैको प्राथमिकतामा यो बिषय परेकाले कार्की निकै खुशी समेत भएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका कार्की गएको प्रदेशसभा निर्वाचनमा सोलुखुम्बु जिल्लामा प्रदेशसभा निर्वाचन समेत लडेका थिए । आइतबार मात्रै भारत भ्रमणबाट फर्किएका कार्कीसँग गरेको संक्षिप्त कुराकानीः

नेपाल र भारतका बीचमा देखिएका मुख्य व्यवसायिक समस्या के के हुन् ?

मुख्य समस्या भनेकै ट्रान्सपोर्टको रहेको छ । पछिल्लो समय लगाईएको जिएसटी अर्को समस्याको रुपमा आएको छ । बेला बेला स्मुथ्ली भैरहेको काममा समेत उनीहरुले समस्या पैदा गर्ने काम गर्छन् । विराटनगरसँगको जोगवनी भन्दा उताको पुल भत्किएको छ । यो सामान्य समस्या हो, पुल भत्किएको एक बर्षसम्म पनि नबनाउदा बिहारबाट भण्टाबारी हुँदै विराटनगर आउनुपर्दा समय र इन्धन दुबैको नोक्सानी भैरहेको छ । यस्ता माईनर कुराले हामीलाई समस्या पैदा भैरहेको छ । अर्को कुरा मालबाहाक ट्रकमै समस्या छ । उनीहरुका ट्रक निर्वाध रुपमा यता आउन सक्छन् तर, यताका हाम्रा ट्रक उता जान पाउदैनन् ।

हाम्रा प्रधानमन्त्री यस्ता कुराबाट बेखबर हुनुहुन्छ ? अहिलेको भारत भ्रमणमा यी कुरा उठाउनु भयो त ?

यो बिषयमा मैले प्रधानमन्त्री निकै चिन्तित भएको पाए । हामीहरु भारत पुग्नासाथ प्रधानमन्त्रीले दुबैतर्फका व्यवसायीहरुलाई राखेर सुरुमै अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्नुभयो । नेपालबाट गएका हाइड्रो, कृषि, तथा आदि क्षेत्रका व्यवसायीहरुलाई एकअर्काबीच अन्तरक्रिया मात्रै गराउनुभएन उहाँले भारतीय व्यवसायीहरुलाई नेपालमा लगानि गर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले ५ बर्षको लागि आफ्नो स्थायी सरकार बनेकाले आफूले लगानि सुरक्षाको ग्यारेन्टी गरिदिने भन्दै भारतीय व्यवसायीलाई नेपालमा लगानि गर्नमा निकै जोड समेत दिनुभयो ।

नेपालका वयवसायीहरु त लगानि सुरक्षा हुनेमा विस्वस्त नभएको अवस्थामा भारतीय व्यवसायी प्रधानमन्त्रीको कुरामा विस्वस्त भए त ?

अहिले प्रधानमन्त्रीको कुराले उनीहरु  विस्वस्त भएको जस्तो लाग्छ । अब, कार्यान्वयन कस्तो हुन्छ हेर्न त बाँकी नै छ । प्रधानमन्त्रीले पहिले भन्दा म केही गर्छु भन्नु भएको छ  । त्यो कुरा केले पनि पुष्टि गर्छ भने यताबाट भारत पुग्नासाथ प्रधानमन्त्रीले व्यवसायीहरुलाई नै पहिलो प्राथमिकता दिएको हिसावले र उता पनि धेरै भेटघाटमा महत्व दिएको हिसावले आउने दिनमा राम्रो हुने कुरामा आशा गर्न सकिन्छ ।

व्यक्तिगत रुपमा तपाईं प्रधानमन्त्रीको कुराले कति उत्साही हुनुहुन्छ ?

त्यो कुरा त भविष्यले देखाउछ । किनभने अहिले उहाँहरुसँग यत्रो अवसर छ । जनताले यति बलियो बनाइदिएका छन् । प्रधानमन्त्रीले चाहाने भने नसक्ने भन्ने नै छैन । यदि अब पनि गर्न सक्नुभएन भने अरुलाई दोष लगाउने ठाँउ पनि छैन । हेर्दाखेरी प्रधानमन्त्रीले केही गर्नुहोला जस्तो नै देखिन्छ । पछि उहाँलाई अरुले कतिको सपोर्ट गर्छन हेरौ । उहाँ पहिले पनि प्रधानमन्त्री भैसकेको मानिस हो । गर्न सक्नुभएन भने अरुलाई दोष लगाउने ठाँउ देखिदैन ।

पहिलोपटक प्रधानमन्त्रीसँग राजकीय भ्रमणमा सामेल हुनुभयो कस्तो अनुभव भयो ?

मैले संसारका धेरै मिटिङ अटेन्ड गरेको छु । तर, राजकीय भ्रमण मेरा लागि पहिलो पटक हो । यो भ्रमणबाट मैले निकै राम्रो अनुभूति गरिरहेको छु । यो मेरो लागि नयाँ  अनुभव रह्यो । त्यहाँका डिप्लोम्याटदेखि व्यवसायीहरुसँग भेटघाट गर्ने अवसर प्राप्त भयो । प्रधानमन्त्रीको भनाई अनुसार अब देश तथा व्यवसायीले चाहेको हुनसक्छ भन्नुभएको छ । अब, तपाईंहरुले चाहेको अनुसार हुन्छ, कुनै काममा पनि ढिलासुस्ती हुँदैन । म तपाईंहरुकै साथमा छु भन्नुभएको छ । त्यसैले अब केही हुन्छ कि भनेर आशा पलाएको छ ।

यो निकै चर्चा गरिएको जलमार्गको बारेमा केही बताईदिनु हुन्छ की ?

यो एकदमै राम्रो बिषय हो । यो एक बर्ष पहिलेदेखिनै मैले उठाउदै आएको बिषय पनि हो । पहिले कलकत्ता पोट मात्रै थियो अब इशाखा पोट पनि भयो भने हामीलाई ‘वाटर वे’ को बाटो भएर नेपालमा सामान लयाउन निकै सस्तो पर्न जान्छ । मैले इन्डियाको कन्फ्रेन्समा जाँदा यो बिषयमा जोड्दार रुपमा कुरा राखेको थिए । यो वाटर वेजलाई नेपाल तथा इन्डिया दुबैले प्रयोग गर्न पाउनुपर्छ भनेर । हामीले त्यो बाटो भएर सप्तकोशीसम्म सानो सानो जहाजहरु मजाले ल्याउन सक्छौं । कलकत्तासम्म ठुलो जहाजमा सामान ल्याएपनि त्यहाँबाट सानो जहाजमा हामीले सामान लैजान पाउनुपर्छ भनेर मैले कुरा उठाएको थिए । गत कात्तिकमा पनि म आफै अध्यक्ष रहेको अर्गनाइजेसनद्वारा हामीले वाणिज्य मन्त्रालय तथा  उद्योग मन्त्रालयलाई लेखेर दिनुका साथै कतिपय ठाँउमा बोलेका पनि थियौ । त्यसरी हामीले मन्त्रालयसम्म पुर्याएका कुरालाई प्रधानमन्त्री ज्यूले दुई देशका बीचमा समझ्दारीको तहसम्म ल्याउनुभएको छ । यो कुरा भयो भने धेरै राम्रो हुन्छ ।

कतिपय विज्ञले यो सम्भावना छैन भनिरहेका छन् तपाईंले कतिको सम्भावना देख्नुभएको छ ?

यो सम्भावना हुन्छ । किनभने हाम्रो तर्फबाट त कुनै रोकतोक  हुँदैन । इन्डियाले आफूले बोले अनुसार काम गरिदियो भने मैले सम्भावना देख्छु । तर, पहिले कतिपय अवस्थाहरुमा बोल्ने मात्रै नगर्ने अभ्यास पनि देखिएकाले शंका मान्नु स्वाभाविक पनि हो ।

यदि यो सम्भव भयो भने ट्रान्सपोटेसन कष्टमा कति फरक पर्छ ?

धेरै सस्तो पर्छ र धेरै फाईदा हुन्छ । जस्तै, यहाँबाट अमेरिका एक कन्टेनर सामान पठाउन १२÷१३ हजार डलर लाग्छ भने वाटर वेको बाटो प्रयोग गर्न पाएपछि जम्मा ४÷५ हजार डलरमा त्यही मात्राको सामान नेपाल आईपुग्छ । यसले गर्दा नागरिकले अहिले भन्दा धेरै सस्तोमा सामान पाउन सक्छन् । यसले अर्को कुरा भनेको यदि बाटो विग्रियो भने अप्सन पनि हुन जान्छ । नेपालमा आउने सप्लाई पनि निरन्तर रहन्छ । सप्लाई पनि रोकिदैन ।

अहिलेसम्म किन यसको अभ्यास नभएको होला ?

थाहा नभएर पनि हुनसक्छ ।

यदि भैहालेछ भने यसले कति समय लिन्छ होला ?

यदि गर्न थालियो भने यो चाँडै हुन्छ । यो कुनै पहरा फोर्नुपर्ने काम होईन । त्यसैले यो त्यस्तो जटिल पनि छैन र सम्भव पनि छ ।

कतिपयले यो भारतले गरिदिने भन्दा पनि चाइनालाई तर्साउनलाई होल्ड मात्रै गरिदिएको भन्छन् , त्यो हुनसक्छ ?

त्यस्तो त होइन होला । आफ्ना–आफ्ना नेशनल इन्ट्रेष्ट त हुने नै भए तर, यो हो जस्तो मलाई लाग्दैन । चाइनातिर ढल्किए इन्डिया तर्कने इन्डियातिर ढल्किए चाइना तर्किने जस्तो त भैराछ । तर, त्यस्तो गर्नुभन्दा चाइना र इन्डियालाई व्यालेन्समा राखेर हामीले फाईदा लिन सक्नुपर्छ । अर्को कुरा हामीले सबै कुरा सरकारले मात्रै गरिदियोस भन्ने सोच्नु पनि त्यति उपयुक्त हुँदैन । सरकारले पनि निजी क्षेत्रलाई जिम्मेवारी दिन सक्नुपर्छ । मैले संसारभरी हेरे, हरेक देशका सरकारले जिम्मेवारी निजी क्षेत्रलाई सुम्पिएका हुन्छन् र काम पनि राम्रो ढंगले हुन जान्छ । जस्तै, हाम्रो देशमा सामान्य लाईसेन्सको कुरामा सरकारले आफैले गरेको काममा जनताले सास्ति भोगेको देखिन्छ । कतिपय मूलुकमा लाइसेन्सको काम समेत निजी क्षेत्रलाई दिईएको हुन्छ । त्यसैले जसरी प्रधानमन्त्रीले निजी क्षेत्रलाई विश्वासमा लिने बताउनु भएको छ साँच्चिकै लिन सफल हुनुभयो भने देशले काँचुली फेर्ने निश्चित छ । – 3ghumti


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*