जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

आरोहण उत्सव

42275

30124016_1925071240837751_5524474613024686080_nलाक्पा जी. शेर्पा

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि औपचारिक रुपमा शिखर आरोहणको ढोका खुल्यो । त्यस यता वर्षेनी दर्जनौं आरोहण दलले सगरमाथाको आरोहण गर्दै आएका छन्।

हालसम्म विभिन्न देशका पाँच हजार बढी आरोहीले चुचुरोमा पाइला पुराइसकेका छन् ।स्वादेशी तथा विदेशीहरुको शिखरमाथि विजयी हासिल गर्ने लहर नै चलेको छ । यसरी पर्वतारोहणले नेपालको पर्यटन उद्योग पनि फस्टाउँदो छ । आरोहण ‘सिजन’अर्थात ‘अप्रिल–मे’ महिनालाई बुझिन्छ।

यतिबेला सयौंको संख्यामा हिमाल आरोहणको लक्ष्यसहित ‘एक्सपिडिसन टिम’ बनाएर हिमश्रृंखला नजिक छन् । ८ हजार ८ सय ४८ मिटर अग्लो विश्वकै सर्वोच्चशिखर सगरमाथादेखि कन्चनजंगा, मकालु, लोत्से, आइल्याण्ड पिकलगायतका दर्जनौ पर्वतहरुमाथि विजयी हासिल गर्न आरोहीहरु तल्लिन छन् । आरोहणलाई सहज बनाउन ‘आइफल डाक्टरहरु’ बाटो बनाउने र डोरी टाँग्ने काममा सक्रिया भेटिन्छन्।

आरोहणका लागि पथमार्ग पहिल्याएका टोलीहरु मध्ये अधिकांश आफूले आरोहण गर्न चाहेको हिमालको आधारशिविरमा पुगिसकेका छन् भने कतिपय गन्तव्यतर्फ अघि बढिरहेको भेटिन्छन् । सगरमाथाको आरोहणका लागि मात्रै यस बर्ष ३० वटा विदेशी आरोहणदलले अनुमति लिएका छन् । जसमा ३ सय ६ जना सहभागि छन् भने ४ वटा नेपाली दलमा २० जना सहभागि छन्।

पर्यटन विभागको तथ्याङ अनुसार दोस्रोमा लोत्से हिमाल आरोहणका लागि ७ वटा विदेशी आरोहणदलले अनुमति लिएका छन् । जसमा ७७ जना सहभागि छन् भने सबै गर्दा ७० वटा आरोहणदलले अनुमति लिएर ६ सय २ जना विभिन्न हिमश्रृंखलाको शिखर चुम्न त्यसतर्फ गईसकेका छन्।

यो ‘सिजन’का लागि अझैपनि अनुमतिहरु लिने क्रमजारी रहेकाले यतिनै संख्यामा हिमाल आरोहण गर्न जान्छन् भनेर एकिन भइनसकेको पर्यटन विभागका राम सापकोट बताउँछन्।

नेपाली पर्यटन उद्योगको बलियो जगको रुपमा रहेको आरोहण रोयल्टी संकलनको आँकडालाई हेर्ने हो भने शिखर आरोहणले अर्थतन्त्रमा ठूलो टेवा पुगेको देखिन्छ । सगरमाथालगायत नेपालमा रहेका नामी हिमश्रृंखलामाथि विभिन्न नाम, नारा, विषय वस्तुहरु तयार गरेर शिखर चुम्ने बढ्दो छ।

सगरमाथाको आधार शिविरलाई मात्रै उदाहरणको रुपमा लिने हो भने यतिवेला कुनै शहरको ‘झझल्को’ दिन्छ । यसबेला आ–आफ्नो क्याम्प खडा गरेर शिखर चुम्ने तयारीमा यहाँ आरोही र तीनका सहयोगीहरुको ओइरो लागेको छ । आरोहणको यस समयमा आधारशिविरमा ‘क्याम्प’ स्थापित गर्ने ‘जग्गा’ समेत भेटिन मुस्किल रहेको सगरमाथा प्रदुषण नियन्त्रण कार्यालय सम्बद्ध अधिकारीहरु बताउँछन्।

आरोहणका लागि बढ्दो संख्यासँगै बाटो र फोहोर व्यवस्थापनका विषयहरुमाथि प्रश्न उठ्ने गरेकाछन् । पर्वतारोहणका लागि पर्यटन विभागले विभिन्न दायरा र मापदण्डहरु निर्धारण गरेको छ । ती मापदण्डभित्र रहेर वर्षेनी आरोहणदलका सदस्यहरु शिखरतर्फ जान्छन्।

यस वर्ष सगरमाथामा विभिन्न अभियान बोकेर जानेहरुको संख्या उल्लेख्य छ । विशेषगरी सगरमाथामा यस पटक पासाङ ल्हामु शेर्पा र मदन भण्डारीको तस्वीर पुर्याउने, बारिष्ट कफी बनाएर विश्व किर्तीमान कायम गर्ने, पत्रकारितामा क्रियाशिल महिलाको प्रतिनिधित्व गर्ने, महिला सशक्तिकरणको लागि सन्देश प्रवाह गर्ने लगायतका थुप्रै नारा सहित जानेको लर्को छ।

आरोहणका लागि उपयूक्त यो समयमा आरोहण दलका सदस्य, शेर्पा, पर्वतारोहण सहयोगी, आइसफल डाक्टर, भरिया लगायतले सगरमाथालगायत हिमाल पुग्ने मार्गहरु भरिभराउ भेटिन्छ । सगरमाथा, मकालु, लोत्से, कन्चनजंग हिमाल पुग्ने गन्तव्यहरुमा यतिवेला मेलामहोत्सव जस्तै आवास मिल्छ । होटलहरु भरिएकाछन्, आवातजावत र भारि ओसार्नेहरुको लर्को लामै छ । क्याम्प खडा गर्ने, आरोहणका लागि उपयूक्त मौसमको प्रतिक्षा गर्ने, पूजापाठ गर्ने लगायतले पनि आधारशिविरहरुमा आरोहण उत्सव नै छाएको देखिन्छ।

हिमाल आरोहणलाई पेशाको रुपमा अंगाल्नेहरुले पर्वतारोहणलाई यतिवेला ‘ठूलै पर्व’ उल्लासका साथ मनाइरहेको जस्तै अनुभूति सुनाउँछन् । हिमाल आरोहणलाई व्यवसायीकरण गर्दै पर्यटन उद्योगलाई अर्थतन्त्रको बलियो जगको रुपमा विकास गर्नका लागि राज्यले यस समयलाई ‘आरोहण उत्सव’को रुपमा मनाउनुपर्ने पर्वतारोहणसँग सम्बद्धहरु बताउँछन्।

मुलुक संघात्मक ढाँचामा रुपान्तरण भई नयाँ व्यवस्थासँगै अघि बढीरहेको सन्दर्भमा पर्वतारोहणलाई स्थानीय सरकारको आम्दानीको स्रोतको बलियो आधारको रुपमा स्थापित गर्न सकिन्छ भने युवाहरुलाई यसबाट रोजगारीको अवसर पनि सिर्जना हुन्छ।

कुनै खास ‘किर्तिमानी’ कायम गर्नका लागि मात्रै पर्वतारोहण गर्न जाने नभई आर्थिक, सामाजिक रुपान्तरणका विषयलाई टेवापुग्ने गरी व्यवसायीक ‘आरोहण उत्सव’को रुपमा अघि बढाउन सकेमा अर्थतन्त्रमा दिगो रुपमा सहयोग पुग्न सक्छ।

साभारः नागरिक दैनिकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*