जलविद्युत र सिँचाइमा लगानी गर्न अमेरिका इच्छुक   •   काठमाडौँको ‘रिङरोड’भित्र ३ रुटमा केवलकार, जहाँ गएपनि ४० रुपैयाँ मात्रै भाडा लाग्ने   •   चार महिला पत्रकारद्वारा सगरमाथाकाे सफल अाराेहण   •   ८८४८ मिटरमाथि ‘मेरी खालिङनी आमाले बुनेको फेङ्गा’   •   गाउँपालिकाद्धारा स्वास्थ्य चौकीलाई आधुनिक रगत परीक्षण उपकरण प्रदान   •   शनम शाक्य हत्या तथा ३८ सय केजी सुन तस्करीका मुख्य नाइके 'गोरे' सार्वजनिक (भिडियोसहित)

कुमार प्रयासको ‘जरुवाको पानी’ सार्वजनिक (भिडियोसहित)

42377
  • शिखरपोष्ट रिपोर्टर

ppकाठमाडौं, १९ बैशाख । उदियमान गायक कुमार प्रयासको जरुवाको पानी बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार तथा गायक बसन्त सापकोटाको शब्द/संगीत रहेको उक्त गीत र गीतको म्यूजिक भिडियो गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आधा दर्जन गीतमा स्वर दिइसकेका गायक कुमार प्रयासको उक्त गीत मनोज चौलागाईले एरेञ्ज गरेका हुन् । म्यूजिक भिडियोमा मोडल सुमन तामाङ र जुनी तामाङले मोडलिङ गरेका छन् भने गंगाराम राईले भिडियोको छायाङ्कन तथा सम्पादन गरेका छन् ।

गोकर्ण क्षेत्रमा छायाङ्कन गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन छिरिङ लामाले गरेका छन् । त्यस्तै कोरियोग्राफी देवराज गुरुङ र अनिल भुजेलले गरेका हुन् ।  उक्त गीत तथा म्यूजिक भिडियो निर्माणार्थ फ्रेण्डशिप युथ क्लब, सोलुखुम्बुले सहयोग गरेको हो ।

‘जरुवाको पानी चिसो चिसो खादामा कति मिठो, तिम्रो त्यो जोवान, देखेर सानी पल्कियो यो ठिटो’ बोलको उक्त गीत रोमान्टिक गीत हो ।

भिडियो :


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*