मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

पर्यटन विज्ञ को को ? हेर्नुस्, सरकारको नजरमा परेका २९ पर्यटन विज्ञहरु !

42410

 

  • शिखरपोष्ट रिपोर्टर

DSC_4402_1521213656File Picture

काठमाडौं, २० बैशाख २०७५ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २९ जनालाई पर्यटन क्षेत्रको विज्ञको रुपमा मनोनयन गरेको छ । गत बैशाख १३ गतेको मन्त्रीस्तरीय बैठकले पर्यटनमन्त्रीको अध्यक्षता रहने गरी २९ जनालाई मनोनयन गरेको हो ।

पर्यटन राज्यमन्त्री र पर्यटन सचिवसमेत रहने भनिएको विज्ञ समुह (Think Tank Group on Tourism)मा पूर्व पर्यटन राज्यमन्त्री याङिकला शेर्पा, पूर्व पर्यटन सचिव दिपेन्द्र पुरुष ढकाल, सुरेशमान श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ प्रचण्डमान श्रेष्ठ, पर्यटन वर्ष २०११ का तत्कालिन संयोजक योगेन्द्र शाक्यदेखि उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुको नाम समेटिएको छ ।

समुहमा चन्द्र प्रसाद ढकाल, अर्जुन शर्मा, महेन्द्रसिंह थापा, अनिल चित्रकार, कुन्दनमणी दिक्षित, डा. गंगा प्रसाद अकेला, छायाँ शर्मा, ज्योति अधिकारी, प्रदिपराज पाण्डे, छेवाङ लामा, बसन्त मिश्र, बासु त्रिपाठी, विजय अमात्य, मदन आचार्य, रबिजंग पाण्डे, राज ज्ञावाली, राज थापा, लाक्पा सोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, सुनिल शाक्य र सुबोध राणा रहेका छन् ।

पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा राय/सुझाव दिने, पर्यटन क्षेत्रमा गठन हुने पर्यटनसम्बन्धि विभिन्न कार्यदलहरुमा विज्ञको रुपमा भूमिका निर्वाह गर्नेलगायतका लागि यो समुह गठन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । think tank


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*