डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)   •   दशैं बिदामा कुन बैंकका कुन शाखा कहिले खुल्छन् ? यस्तो छ सूचि   •   अन्नपूर्ण, मनास्नु र गौरीशंकर संरक्षित क्षेत्रको पर्यटन प्रवेश शूल्कमा भारी वृद्धि   •   एनआरएन बेल्जियमका अध्यक्ष दाहालद्धारा आरोही नर्विन मगरको अभियानका लागि ५० हजार आर्थिक सहयोग   •   सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने   •   कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

नेपालको जलविद्युतमा बेलायत लगानी गर्न इच्छुक

42474

Barshman-Pun-with-British-parliamentry-member-1024x615ऊर्जा खबर, नेपालको जलस्रोत तथा जलविद्युतमा बेलायतले लगानी गर्न इच्छा देखाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेट्न सोमबार मन्त्रालय पुगेको बेलायती संसदीय टोलीले यस्तो चासो व्यक्त गरेको हो । भेटमा मन्त्री पुनले सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेकाले यसमा स्वदेशी तथा विदेशी लगानी आवश्यक पर्ने बताएका थिए ।

स्थायी सरकार बनेकाले नेपालमा लगानीको वातावरण बनेकाले उनले लगानी गर्न आग्रहसमेत गरे । मन्त्रीको भनाइमा सकारात्मक प्रतिक्रिया दिँदै भ्रमण टोलीले बेलायत सहयोग गर्न तयार रहेको बताए । बेलायती सांसदहरूले नेपालको ऊर्जा, सौर्य र जलस्रोतको क्षेत्रमा सरकारको नीति र योजनाबारे चासो राखेका थिए ।

बेलायती सांसदले नेपालको विद्युतको अवस्था, जलविद्युतले वातावरणमा पारेको असरलगायत पक्षबारे पनि चासो राखेका थिए । संघीय संसदको निमन्त्रणामा निजेल इभान्सको नेतृत्वमा बेलायती संसदीय टोली नेपाल आएको हो । भ्रमण टोलीमा सांसदहरू डेभिड मोरिस, वीरेन्द्र शर्मा, केरी मेकर्थी, लोर्ड बाल्फे र लोर्ड ढोलकिया सम्मिलित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*