मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

सगरमाथा दिवसको पूर्वसन्ध्यामा

42505
  • निनाम लोवात्ती कुलुङ

mount-everst.jpeg-copyहालै    आएको समाचारअनुसार    यो    सिजनको    लागि    सगरमाथा    चढ्ने    तयारी    लगभग    पूरा    भएको    छ    ।    अब    सगरमाथा    आरोहीहरु    मौसमको    साथ    र    सहयोग    पर्खेर    अर्थात्    मौसम  अनुकूल    समय    पर्खेर    बसेका    छन्    ।    यो    हिमाल    विश्वभरिकै    एक    से    एक    पर्वतारोहीहरुका    लागि    एक    आदर्श    पर्वतारोहण    पनि    भएकोले    सगरमाथा अर्थात् चोमोलुङमाबारे यहाँ    धेरै बयान गरीरहनु जरुरी छैन ।

तर, सगरमाथा दिवस किन र कसरी मनाउन थालियो ? भन्ने बारेमा भने थोरै चर्चा गर्नु उपयुक्त नै होला । सगरमाथा दिवसको कुरो गर्दा नेपालले सरकारी स्तरमा निर्णय गरेर  सगरमाथा अर्थात् चोमोलुङमा दिवस मनाउन थालेको भनेको २०६४ देखि मात्रै हो । तर, निजी क्षेत्रका खासगरी पर्यटन व्यवसायी त्यसमा पनि ट्रेकिङ एजेन्सीहरुले भने धेरै अघिदेखि नै सगरमाथा अर्थात् चोमोलुङमा दिवस मनाउन थालेका हुन् । यसरी सगरमाथा अर्थात् चोमोलुङमा विजय गरेको दिन अर्थात् सन् १९५३ मे २९ मा जब पहिलोपटक (तेन्जिङ नोर्गे शेर्पा नेपाल र एडमण्ड हिलारी न्यूजिल्याण्ड) ले सफलतापूर्वक सगरमाथा अर्थात् चोमोलुङमाको शिरमा मानव पाईला राख्न सफलता प्राप्त गरे, त्यही दिनलाई विश्वभरि चीरकालसम्म सम्झनलाई र, सगरमाथा अर्थात् चोमोलुङमाबारे विश्वभरि प्रचारप्रसार गर्नलाई हरेक वर्षको मे २९ लाई सगरमाथा दिवस मनाउने निर्णय भएको हो ।

अझ, हामीले विश्वभरिकै सरकार र, विश्वका जनताहरुलाई पनि सगरमाथा अर्थात् चोमोलुङमाको महत्वलाई बुझाएर विश्व सगरमाथा अर्थात् चोमोलुङमा दिवस विश्वभरि विश्व सगरमाथा अर्थात् चोमोलुङमा दिवस मनाउनेतर्फ पनि पाइला चाल्ने हो कि ? त्यसो त हाल युरोपियन देशहरुमा पनि सगरमाथा अर्थात् चोमोलुङमा दिवस मनाउनलाई समिति बनेको छ । यसरी    हाल    आएर    नेपालमा    मात्रै    नभएर    युरोप–अमेरिकामा    पनि    सगरमाथा अर्थात् ‘चोमोलङुमा/एभरेस्ट  डे’ मनाउन थालिएको    छ ।  जुन कुरोलाई सकारात्मक मान्न सकिन्छ ।

तर, केवल दिवस मनाएर मात्रै केही हुने होइन । आज नेपाल र नेपालीहरुको विडम्बना के छ भने, एक दिन दिवस मनाउने वा सम्झना गर्ने बांकी केही नगर्ने प्रचलन    बढ्दो    छ । त्यसैले बरु अबका दिनमा सगरमाथा अर्थात् चोमोलुङमाको प्रथम आरोहीद्घय मध्ये एक स्व. सर एडमण्ड हिलारीले उनी आफू ज्यूंदो हुंदा बारम्बार भने झैं केही समय सगरमाथा अर्थात् चोमोलुङमालाई केही समय आराम गर्न दिने कि ? अनि चोमोलुङमा अर्थात् सगरमाथामाथि विजय पाउने उत्कट अभिलाषा लिएर गएकाहरुलाई चोमोलुङमा अर्थात् सगरमाथाले उतै राखेका (मृत्युवरण गरेका) हरुका लासहरुलाई पनि फिर्ता ल्याउन पहल गर्ने कि ? जुन आरोहीहरुका लास चोमोलुङमा अर्थात् सगरमाथाको विभिन्न क्षेत्र (बाटाहरुमै) मा वर्षेनी कपाल र नङ बढाएर बसीरहेका छन् । अन्य फोहोरजन्य वस्तुहरु पनि जस्तै डोरीलगायतका सरसामानहरुलाइृ पनि किन फिर्ता ल्याउने प्रयास नगर्ने ? त्यसै त केही वर्षअघि    २१ औं पटकसम्म चोमोलुङमालाई सफलतापूर्वक चुमीसकेका आप्पा शेर्पाले चोमोलुङमा ८,००० मिटर क्षेत्रमा पानी देखेको बताएका थिए भने, यसरी वातावरणीय प्रभावलाई पनि बेलैमा व्यवस्थापन गरिएन भने, भोलिका दिनमा चोमोलुङमा अर्थात् सगरमाथा नरहन पनि सक्छ । अनि चोमोलुङमा अर्थात् सगरमाथा नै रहेन भने के को कीर्तिमान ?, कहांँको कीर्तिमान ?
उता नेपाल सरकारले ध्यान दिनु पर्ने अर्को    महत्वपूर्ण कुरो के छ भने, हाल स्थानीयवासीहरुले उठाउंदै आएको सगरमाथा अर्थात् चोमोलुङमाबाट उठेको मोटो रकममा दावी अर्थात् चोमोलुङमा अर्थात् सगरमाथाबाट वर्षेनी उठ्ने करोडौं डलरे      कम्तिमा ५० प्रतिशत स्थानीयस्तरमा खर्च हुनु पर्ने मागलाईृ पनि संघीयता    लागू    भएसँगै    सम्बोधन गर्नु पर्ने देखिन्छ । यो माग त्यसै उठ्न थालेको होइन । जुन मागलाई नाजायज मान्न सकिन्नछ । हुन त स्थानीयहरुको यही माग नउठोस भनेर नै हुनु पर्छ, नेपाल सरकारले विगतमा सलामी अर्थात्    रोयल्टीवावत उठेको झिनो रकम (५ प्रतिशत) तत्कालीन    सोलुखुम्बु जिविसमार्फत खर्च गर्दै आएको थियो    । तापनि जिविसले आफू खुसी खर्च गर्ने गरेकोले    हुनाले    उक्त    ५    प्रतिशत    रकम    पनि    लक्षित    वर्ग    वा    समूहमा    पुग्दैन    थियो    ।

एक बेलायती    पर्वतारोहीले भने झैं ‘किनकि त्यो त्यहाँं छ ।’ र त सगरमाथा अर्थात् चोमोलुङमाको शिरमा अनेकौं कीर्तिमानहरु कायम भएको छ । जस्तै कि, विश्वकै पहिलो महिला चोमोलुङमा आरोही, नेपाली प्रथम चोमोलुङमा महिला आरोही, विश्वकै पहिलो अन्धा–अपाङ्ग आरोही, प्रथम विवाहितजोडी आरोही, पाको उमेरकी महिला आरोही, उत्तर–दक्षिण दुबै दिशाबाट आरोहण गर्ने प्रथम महिल आरोही, सबैभन्दा ठूलो दल, नेपाली प्रथम पत्रकार आरोही, पाको उमेरका आरोही, बिना अक्सिजन आरोहण गर्ने आरोही, चोमोलुङमामा अर्थात् सगरमाथाको शिरबाट स्की गरेर झर्ने आरोही, २२ घण्टा चोमोलुङमा अर्थात् सगरमाथाको शिरमा बसेर समय बिताउने आरोही, कुनै पनि जातिका प्रथम जातीय आरोही, छिटो चोमोलुङमा अर्थात् सगरमाथा आरोहण गर्ने आरोही आदि इत्यादिको कीर्तिमानै कीर्तिमानको खात लागेको छ भने संजोगले यस्ता कीर्तिमानी आरोहीहरु प्रायः नेपालीहरु नै रहने    गर्छन् । जुन विश्वको पर्वतारोहण इतिहासमा गर्व    गर्न लायक मान्न    सकिन्छ ।

यसरी चोमोलुङमा अर्थात् सगरमाथा कीर्तिमान राख्ने होडमा हालै नेपालका पूर्व परराष्ट्र मन्त्री शैलेन्द्रकुमार उपाध्यायले एक पत्रकार सम्मेलन गरेर आफूले ८० वर्षको उमेरमा आगामी वर्ष सगरमाथाकी शिरमा पाइला राखी विश्वकै वृद्या आरोही बन्ने घोषणा गरेर चोमोलुङमा अर्थात् सगरमाथा चढेर कीर्तिमान राख्नेहरुको भीडमा समाहित गरेका थिए । तर, उनले    सफलता    नपाउँदै    उतै    बिते ।  यसरी    कीर्तिमान राख्ने क्रममै    नेपालका    अर्का    पाको    उमेरका    मीनबहादुर    शेरचनले    पनि    ८२    वर्षको    पाको    उमेरमा    सगरमाथा    चढ्छु    भनी    सगरमाथातर्पm    प्रस्थान    गरेका    थिए    । तर,    उनले    पनि    सगरमाथाको  आधार    शिविरमै    प्राण    त्यागेका थिए । यसरी    विश्वकै    अग्लो    हिम    शिखर    सगरमाथा    चढ्ने  र,    विभिन्न    कीर्तिमान    राख्ने    क्रममा    अनेकौं विकृतिहरु देखिन थालेपछि तत्कालिन श्री ५ को सरकारले २०५९ चैत्र १८ गते सोह्र वर्ष मुनिकालाई नेपालबाट आरोहण गर्न नदिने नियम लागू गरेको छ ।

उता विश्वकै गौरबशाली आरोही मान्न    सकिने    पर्वतारोही    आप्पा शेर्पा,    जसले २१ औं पटक चोमोलुङमालाई चुमे,    उनले    सगरमाथाको    ८,००० मिटरको    सेरोफेरोमा    पानी    बग्न    थालेको    बताएका    थिए    ।    हुन    पनि    विश्वमा    ८    हजार    मिटरभन्दा    अग्लो    हिमालहरु    २०    वटा    (६    वटा    नयाँ    ८    हजारमाथिका    हिमालहरु    मान्यता    पाउने    क्रममा    छन्)    भए    तापनि    चोमोलुङमा अर्थात् सगरमाथामै किन पर्वतारोहीहरुको भीड त ? भन्ने प्रश्न पनि छंदैछ । हुन पनि जमीनबाट नाप लिँंदा हालसम्मकै अग्लो (८,८४८ मिटर) शिखर चुम्न पाउँंदा कसको मन फुरुङ्ग नहुँदो हो ? कसको छाती गर्वले ढक्क नफुल्दो हो    ?  चोमोलुङमामा अर्थात् सगरमाथाको त्यही प्रसिद्यिकै कारण त विश्वका धेरै देशहरुमा रहेका पर्वतारोहणका लागि खुलेका एजेन्सी वा एजेन्टहरुले पनि    पैसा    कमाउने    राम्रो    मौका    पाएका    छन्    ।    उनीहरुले    चोमोलुङमा अर्थात सगरमाथा आरोहरण    गर्न    चाहनेहरुका लागि विज्ञापन गर्दा एक व्यक्तिको ६५,०००/७०,०००        (पैंसठ्ठी/सत्तरी हजार) अमेरिकी डलर खर्च लाग्ने र    जसरी    पनि    सगरमाथा    चढाएरै        छाड्ने    विज्ञापन गर्छन् । यसरी कसैका लागि कीर्तिमान राख्ने र, कसैका लागि कमाई खाने भांँडो वा आधार पनि भएको छ, चोमोलुङमामा अर्थात् सगरमाथा    वा    भनौं    माउन्ट    एभरेस्ट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*