थुलुङ दुधकोशीमा पहिलो ‘अध्यक्ष रनिङ शिल्ड’ हुँदै   •   मिस/मिस्टर शेर्पा दाफुटी र सोनाम जाङ्बु पहिलोपटक मिडियामा; भन्छन् 'यूवाहरुले देशमै केही गर्नुपर्छ'   •   सोलुखुम्बुबाट जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट, ४ जना पुरुष र ३ जना महिला छनोटमा   •   नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम   •   वैद्य माओवादीको युवा स‌ंगठनद्वारा सुगतरत्नलाई कालोमोसो   •   सरकारले गठन गर्‍यो पराजुलीको अध्यक्षतामा वाइडबडी उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

मोदी आज जनकपुर आउँदै

यस्तो छ आज दिनभरीको कार्यतालिका हेर्नुस्

42523

Narendra-Modi-Re1काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर आउँदैछन् । मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

जनकपुरबाट काठमाडौं हुँदै मुक्तिनाथ गएर मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गर्नेछन् ।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् ।

जानकी मन्दिरमा शंखनाद गरेर मोदीको भव्य स्वागत हुनेछ । त्यसपछि दुवैले जानकी मन्दिरमा संयुक्तरुपमा पूजा गर्नेछन् र पत्रकारहरुसँग साक्षात्कार हुनेछन् ।

जानकी मन्दिर क्षेत्रमा करिब ४५ मिनेट बिताउने मोदी र ओलीले जनकपुरबाट अयोध्या चल्ने बसको शुभारम्भ गर्नेछन् ।

त्यसलगत्तै बाह्रबिघा रंगभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा मोदी सहभागी हुनेछन् । मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले नगरको कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

मोदीको स्वागतमा जनकपुरलाई विशेषरुपले सिंगारिएको छ । सडकलाई कालोपत्रे गरिएको छ भने बिभिन्न स्थानमा मोदीको फोटोसहितका स्वागतद्वार बनाइएको छ । जानकी मन्दिरदेखि बाह्रबिघासम्मको सडकको दुवैतर्फको पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ ।

प्रदेश २ सरकारले मोदीको नागरिक अभिनन्दन कार्यक्रममा जिल्ला जिल्लाबाट मानिसहरु जनकपुरधाममा ओसार्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मोदीको आगमनलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीले पूजा गर्ने जानकी मन्दिरमा बिहीबार दिउँसोदेखि नै सर्वसाधारणको प्रवेश रोक लगाइएको थियो । सडकमा मास्क लगाएर हिँड्न प्रतिवन्ध छ । ठाउँ–ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु देखिन्छन् । मोदीको सुरक्षाका लागि करिब १० हजार प्रहरी परिचालन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*