मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन   •   ५६ लाख घरधुरीले जलविद्युतमा सेयर पाउँछन् : ऊर्जामन्त्री पुन   •   नाट्टाद्वारा हवाई क्षेत्रको विस्तार गर्न माग   •   तीस करोडमा यस्तो बन्दैछ थुलुङ दुधकोशी गाउँपालिकाको 'नमुना एकीकृत बस्ती'   •   लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने   •   दाेहाेराे कर हटाउन अर्थ समितिकाे निर्देशन

बाटो निर्माण गर्दै आठजना गाइडकाे टाेली सगरमाथाको चुचुरोमा

42529

IMG_0775_Ot1XfPqOiDसाेलुखुम्बु : यस वर्षको वसन्त ऋतुको पहिलो दिन आठजना गाइडहरूले एकै साथ सगरमाथाको आरोहण गरेका छन् । बाटो निर्माणमा संलग्न गाइडहरूले आइतबार दिउँसो ३ः ३० बजे सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिबिरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

यो सिजनमा पहिलो पटक सगरमाथाको सफल आरोहण गर्ने आरोहीहरूमा हिमालयन गाइड नेपाल ट्रेकका गाइडहरू पासाङ तेन्जिङ शेर्पा, पासङदावा शेर्पा, लाक्पाडेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धिबहादुर तामाङ रहेका छन् । यस्तै सोही समूहका गाइड पेम्वाछिरी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा र डाटुक भोटेले सामूहिक रुपमा सगरमाथाको चुचुरोमा पाइला टेकेको श्रेष्ठले बताए ।

आइतबार बिहान १ बजेदेखि हिलारी स्टेपदेखि सगरमाथ चुचुरोसम्मको बाटो निर्माण गरेका थिए। पर्वतारोहण सञ्चालक संघ नेपालको समन्वयमा क्याम्प दुईदेखि चुचुरोसम्मको बाटो निर्माण गरिएको छ । ‘सगरमाथा आरोहण दलमध्ये सबैभन्दा ठूलो समूहले क्याम्प दुईदेखि माथिको बाटो निर्माण गरिन्छ।’ उनले भने, ‘यो याममा हिमालयन गाइड नेपाल ट्रेकले जिम्मा पाएको थियो।’

यस पटक मौसम राम्रो रहेकाले सयममा सबै आरोहीले सफलता पुर्वक आरोहण गर्ने विश्वास गरिएको छ । यस वर्ष २० जना नेपाली र ३ सय २६ विदेशी गरि ३ सय ४६ जना आरोहीले अरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ । गत वर्ष ३ सय ७७ जनाले अनुमित लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*